प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्र.ना.म.नि. मसऊद आलम खाँ

९८५४०८४४४४

ईमेलः pradesh2@nepalpolice.gov.np

  • जाली नोट र कटुवा पेस्तोल सहित ६ जना मानिस पक्राउ
    २०७९-०७-२७

            रौतहट, मिति २०७९।०७।२४ गते अं. १७:४५ बजे  जिल्ला रौतहट मौलापुर न.पा वडा नं. ८ सोनरनिया स्थितमा बिशेष सूचनाको आधारमा जाली नोटको कारोबार भईरहेको छ भनी खबर प्राप्त हुनासाथ जि.प्र.का.रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्ने निम्न मानिसहरुलाई जाली नोट सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला रौतहट मौलापुर न.पा. वडा नं.७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्यहरु भईरहेको ।        पक्राउ परेका निम्न मानिसहरुको विवरण :-१.      जिल्ला बारा आदर्श कोतवाल गा.पा वडा नं. ६ बस्ने बर्ष २५ को सोनु भन्ने आनन्द कुश्वाहा ।२.      ऐ.ऐ बस्ने अं. बर्ष ४५ की प्रतिमा देवी कुश्वाहा ।३.      ऐ.ऐ बस्ने अं. बर्ष २२ की अमृता कुमारी ।४.      ऐ.ऐ बस्ने अं.बर्ष १९ को बृज किशोर मुखिया ।५.      ऐ. रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने अं. बर्ष २३ को राजाराम साह ।६.      ऐ. देवाही गोनाही न.पा वडा नं. ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद ‍जैसवाल ।बरामद भएको समानको विवरण :-१.      ना. ३३ पं. २४५१ नं. को होन्डा साईन मो.सा. ।२.      ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मो.सा. ।३.      नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००। दरको ८७ थान ।                   साथै मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी  पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते भएको ।                                           फोटो                                                                                                            

    [ विस्तृतमा ]
  • भारतिय नागरिकहरुलाई उदार गरिएको
    २०७९-०७-२५

    रौतहट, मिति २०७९।०७।२३ गते १९:०० बजेको समयमा जि. रौतहट परोहा न.पा. वडा नं.४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा भारत उत्तर प्रदेश जि. समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थामा रहेको सूचना जि.प्र.का. रौतहटमा प्राप्त हुन साथ ई.प्र.का. राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरी भारत बिहार जि. सितामढी बैरगनिया स्थितमा रहेको SSB को जिम्मा बुझाईएको ।

    [ विस्तृतमा ]
  • लागु औषध सहित २ जना मानिस पक्राउ
    २०७९-०७-२५

    पर्सा, मिति २०७९।०७।२३ गते राती अं.१८:३० बजे वीरगञ्ज म.न.पा. वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ संकाष्पदरूपमा पैदल हिँडि आउँदै गरेका २ (दुई) जना व्यक्तिहरूलाई रोकी निजहरूले बोकेको जेब्रा झोलालाई कानूनको रीत पुर्‍याई  चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ (दुई हजार तिन सय अन्ठान्बे) पिस फेला परेको, उक्त लागु औषधहरू भारतको रक्सौलबाट खरिद गरेको जानकारी प्राप्त भएको, निजहरू निम्न लिखित वतनका रमेश चित्रकार र मिना कुमारी घले खुल्न आएको साथै निजहरू श्रीमान् श्रीमती भएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा फेला परेको लागु औषध बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई मिति २०७९।०७।२४ गतेबाट लागु हुने गरी पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिइ थप अनुसन्धान भइरहेको  । पक्राउ विवरण क)    अभियुक्त     :-          रमेश चित्रकार उमेर           :-          ४४ वर्ष                                                                                      ख)    अभियुक्त     :-          मिना कुमारी घले उमेर           :-          ३० वर्ष                                                                                      वतन           :-          जि.ललितपुर ललितपुर म.न.पा. वडा नं. १४  पक्राउ मिति  :-          २०७९।०७।२३ गते ।

    [ विस्तृतमा ]
Highlights
मधेश प्रदेश
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम "प्रहरी स‌ंवाद"
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम २०७८-०५-२२
रेडियो कार्यक्रम २०७८-०५-२३
रेडियो कार्यक्रम २०७८-०५-२४

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।