भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ

सप्तरी, २०७७ माघ २५ गते अन्दाजी ००:४० बजेको समयमा ।

जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-२ भलुवाही स्थितमा ईलाका प्रहरी कार्यालय रुपनी सप्तरीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा गस्ती गर्दै जाँदा जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-२ भलुवाही बस्ने रतिलाल माझीको छोरा बर्ष २५ को रामपुकार माझी र सोही स्थान बस्ने श्याम मण्डलको छोरा बर्ष २२ को रामस्वरुप मण्डल निजहरुको साथबाट एक नाले भरुवा बन्दुक थान १ सहित फेला पारी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको ।