प्रतिवन्धित लागू औषध चरेश सहित मानिस पक्राउ

पर्सा, २०७७ माघ २४ गते ।

बिशेष सूचनाको आधारमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका-७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले प्रतिवन्धित लागू औषध चरेश बिक्री वितरण गर्ने प्रयोजनार्थ घरमा लुकाई छिपाई राखेको छ, भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निज मुसलीम देवानको घरको रितपूर्वक खानतलासी गर्दा उक्त घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा प्रतिवन्धित लागू औषध चरेश ९ किलो २० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम तथा चरेश पेल्ने मेसिन थान ३ फेला परेकोले निज मुसलीम देवानलाई बरामद भएको उक्त प्रतिवन्धित लागू औषध चरेश सहित निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।