नक्कली नोट र खैरो हेरोईन सहित मानिस पक्राउ

पर्सा, २०७७ माघ २४ गते ।

जिल्ला पर्सा बिरगंज महानगरपालिका-१३ राधेमाई स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटी गएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा BR 05 AM 6097 नं. को मो.सा.मा सवार भारत बिहार जिल्ला मोतिहारी रक्सौल बस्ने वर्ष २२ को अमनदिप कुमार सिंहलाई खानतलासी गर्दा निजको साथबाट रु. १०००।– दरको नेपाली नक्कली नोट १९३ थान रु.१,९३,०००।– र प्रतिवन्धित लागू औषध खैरो हेरोईन ३ ग्राम सहित निज अमनदिप कुमार सिंहलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।