जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनुषा, २०७७ माघ ३० गते । पिडित जाहेरबाली पतिवर्तित नाम २०(छ) १००(क) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मुस्कान खातुन समेत भएको मानव बेचबिखन तथा ज.ज.क. मुद्दामा पिडितको घरमा डेरा गरि बस्ने र निज पिडितलाई पनि आफुसंगै राती आफ्नो कोठामा सुताउने गरेकिमा मिति २०७७ साल असार महिना देखी कार्तिक महिनासम्म प्रतिबादी शम्भु भन्ने ओम नारायण यादव समेतलाई आफ्नो कोठामा बोलाई निज प्रतिवादीहरुसंग रकम लिई पिडितलाई बिभिन्न प्रकारको प्रलोभनमा पारी पटक-पटक जबरजस्ती करणी गर्न लगाएकोमा सोही जबरजस्ती करणीबाट निज पिडित गर्भवति समेत भएको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय धनुषामा पर्न आएकोमा पिडित जाहेरवालीको वयान समेत लिई सम्मानित धनुषा जिल्ला अदालतबाट प्रमाणित गराई वारदातमा संलग्न रहेका प्रतिबादीहरुको नाममा सम्मानित जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिई फरार रहेका प्रतिवादीहरु खोज तलास गर्दै जाने क्रममा फरार प्रतिवादि मध्येका मुस्कान खातुन र शम्भु भन्ने ओम नारायण यादवलाई मिति २०७७।१०।२९ गते अं. १८:०० बजेको समयमा जिल्ला धनुषा लक्ष्मिनिया गा.पा. वडा नं. ४ स्थित बाटोमा फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।