क्षिरेश्वर डिष्टिलरीका संचालक प्रमोद रेग्मीलाई कर्तव्य गरि मारेको मानिस पक्राउ

धनुषा, २०७७ माघ ३० गते । जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा ७ स्थित मिति २०७७।१०।१३ गते राति क्षिरेश्वर डिष्टिलरीका संचालक जिल्ला उदयपुर त्रियुगा न.पा. ७ घर भएको वर्ष ५४ को प्रमोद रेग्मी आफु सुत्ने कोठामा मृत अवस्थामा रहेको भनि मिति २०७७।१०।१४ गते बिहान अं. ०८:०० बजेको समयमा ई.प्र.का. महेन्द्रनगर धनुषामा जानकारी प्राप्त हुन साथ जि.प्र.का. धनुषा तथा ई.प्र.का. महेन्द्रनगर धनुषाका संयुक्त अनुसन्धान टोली खटि गई घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गर्दा उक्त घट्ना कर्तव्य गरि मारेको जस्तो घाउँचोटबाट देखिन आए पश्चात सो घट्ना सम्बन्धमा सुक्ष्म रुपले तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का. धनुषा समेतको अनुसन्धान टोलीले अनुसन्धान गर्दा उक्त घटना जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ७ दुर्गा टोल बस्ने (निज मृतकको सहोदर सालो) वर्ष ३५ को निरज खातीले सेयर लगानी सम्बन्धीको विषयमा रिसईवी राखि निज मृतक प्रमोद रेग्मीलाई अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराई बाँसको लठीले टाउँकोमा प्रहार गरि कर्तव्य गरि मारेको भनि खुल्न आएको र सो सम्बन्धमा प्रतिवादी निरज खातीलाई सम्मानित धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको ।