महिला हत्या गर्ने अभियुक्त पक्राउ

बारा,२०७७ माघ ३० गते । जिल्ला बारा महागढीमाई न.पा. १ स्थित ऐ.ऐ. बस्ने बैधनाथ प्रसाद कुशवाहाको श्रीमती कान्ती देवी कुशवाहाको मिति २०७७/१०/२५ गते राती आफ्नै घरको प्यासेज भित्र मृत अवस्थामा लाश फेला परेको भन्ने व्यहोराको राती अं. २२:१० बजे सूचना प्राप्त हुनासाथ तत्काल जि.प्र.का. प्रमुख प्र.उ. दिपेन्द्र शाहीको कमाण्डमा प्र.ना.उ. तथा अनुसन्धान अधिकृत समेतको टोली घट्नास्थलमा खटी गई घट्नास्थलको अवलोकन गर्दा निज कान्ती देवी कुशवाहाको हत्या गरेको देखिएको, हत्या गर्दा काठको चिरपट, ढुङ्गा, चुच्चो भएको बस्तु समेतको प्रयोग भई मृतकको टाउँको तथा गालामा गहिरो घाउचोट भई अत्यधिक रक्तस्राव देखिएकोले घटनास्थललाई सुरक्षित राखि यस २ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, जि.प्र.का. बाराको प्रहरी टोली र तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोलीले संयुक्त रुपमा सुक्ष्म अनुसन्धान गर्ने क्रममा भेटिएको औंठी र रातो गम्छाको आधारमा उक्त घट्ना जिल्ला बारा महागढीमाई न.पा. १ बरियारपुर कचहरी टोल बस्ने बर्ष ४२ को शुभनारायण महतोको छोरा लालबाबु प्रसाद कुशवाहा र ऐ. ऐ. मठवा टोल बस्ने रामबाबु प्रसाद कुशवाहाको श्रीमती बर्ष ४८ की धनेश्वरी देवी कुशवाहाको संलग्नता भएको पुष्टि भएको र निज लालबाबु प्रसाद कुशवाहाले घट्नास्थलमा भेटिएका सामानहरू आफ्नो भएको र घटना समेत आफुले घटाएको भनी स्विकार समेत गरेको र मृतक परिवार र धनेश्वरी बिच जग्गा जमिन र अन्य विविध बिषयमा समेत किचलो वादविवाद, रिसइवी रहेकोले अपराधिक प्रवृतिका लालबाबुलाई परिचालित गरी घटना घटाएको भनी खुल्न आएकोले निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।