अवैध हतियार सहित मानिस पक्राउ

पर्सा,२०७७ माघ २९ गते । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज म.न.पा. २५ सिर्सिया स्थित सडकमा ऐ. ऐ. बस्ने शर्मा साहको छोरा अं. वर्ष २४ को रामा साह भन्ने उपेन्द्र साह मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान १ र BR5AF 4647 नम्बरको मोटरसाइकल सहित निज रामा साह भन्ने उपेन्द्र साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान कार्य भईरहेको ।