बालक अपहरणकारी पक्राउ

धनुषा, २०७७ फागुन ०८ गते जिल्ला धनुषा नगराईन न.पा. ६ लग्मा बस्ने रमेश दासको छोरा अं. वर्ष ६/७ को चन्दन दास आफ्नै घरबाट हराई आफन्तहरुबाट खोजतलास भइरहेकोमा ऐ. १७:०० बजेको समयमा मोबाईलबाट फोन गरी निज नाबालकको आमासँग रु. १,००,००,०००।– (एक करोड) फिरौती रकम माग भएको भनी निजको अभिभावकबाट ऐ. १७:१५ बजे टेलिफोन मार्फत सिमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा जानकारी प्राप्त हुनासाथ तत्काल सिमा प्रहरी चौकी लग्मा (जटही)बाट प्र.ना.नि., जि.प्र.का. धनुषाबाट प्र.ना.उ.को कमाण्डमा र तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत विशेष टोली परिचालन भई खोजतलास गर्दै जाँदा मिति २०७७।११।०८ गते अं. २०:३० बजेको समयमा जिल्ला महोत्तरी साबिक दनौली वडा नं. ७ परिवर्तित पिपरा गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ७ कटैयाचौरी स्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने निज नाबालकको मामा नाता पर्ने अं. वर्ष २० को राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा सकुसल उद्वार गरिएको र फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा नाता पर्ने अं. बर्ष २० को राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दासलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।