लागु औषध नाईट्राभेट ट्याब्लेट सहित मानिस पक्राउ

पर्सा, २०७७ फागुन ०९ गते जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार ऐ. बिरगंज म.न.पा. ३२ चोर्नी बस्ने रामनारायण मण्डलको छोरा अं. बर्ष २३ को हरेन्द्र मण्डलले कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याब्लेट १४४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस फेलापारी लागुऔषध सहित निज हरेन्द्र मण्डललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।