कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

सप्तरी, २०७८ वैशाख ०९ गते । तत्कालिन श्री ५ को सरकार प्रतिवादी जिल्ला सप्तरी साबिक २ न. जोगनिया गा.बि.स. वडा नं. ६ हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ बस्ने बच्चा मण्डलको छोरा सोनेलाल मण्डल समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतको मिति २०५२।०२।३० गते र सम्मानित पुनरावेदन अदालत राजबिराजको मिति २०५६।०३।२७ गतेको फैसलाले २ बर्ष कैद ठहर भएका निज प्रतिवादी सोनेलाल मण्डललाई मिति २०७८।०१।०३ गते घर गाउँमा लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा मिति २०७८।०१।०९ गते पक्राउ मितिबाट लागु हुने गरी निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार चलान गरेको ।