COVID-19 रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मापदण्ड पालना गर्न हार्दिक अपिल

विश्वव्यापी रुपमा फैलिईरहेको COVID-19 (कोरोना भाईरस) रोकथाम तथा नियन्त्रण गर्न गत वर्षदेखि नै नेपाल सरकारले स्वास्थ्य सम्बन्धी मापदण्ड तय गरि COVID-19 (कोरोना भाईरस) बाट थप क्षति व्यहोर्नु नपरोस, समयमानै सबै पक्षहरु सजग/सतर्क रहि सुरक्षित व्यवस्थापन गर्न सकियोस भन्ने मुलभूत अभिप्रायले COVID-19 दोश्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि यस २ नं. प्रदेश भित्र २०७८ वैशाख १ गते देखि नै विशेषत: सार्वजनिक स्थान/सवारीसाधनहरुमा मास्क प्रयोग नगरि हिंड्ने व्यक्तिहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही गर्न भनि शुरुवाती वैशाख १ गते देखि ४ गतेसम्म (४७० पटक) व्यापक मात्रामा प्रचार प्रसार/माईकिङ/जिंगल समेत बजाई सचेतना गराएको एवं वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमश: ३ घण्टा होल्डिङ गरि ४४४५१ जनालाई सम्झाई बुझाई छोडिएको, त्यसैगरी १६९६९ जना व्यक्तिहरुलाई होल्डिङ्ग गरी मास्क वितरण गरि छाडिएको साथै हालसम्म ३५२४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० वमोजिम सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरी प्रति व्यक्ति रू. १००/- का दरले जरिवाना गराई रू. ३,५२,४००/- राजस्व समेत संकलन गरिएको ।
यसरी नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पुर्ण रुपमा पालना गराउन सबैपक्षको आ-आफ्नो तर्फबाट महत्वपुर्ण भूमिका हुने भएकोले विशेषगरी रेष्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलन अर्थात मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरुमा स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने हुँदा अनिवार्य नियमको पालना गर्नु हुन २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर हार्दिक अपिल गर्दछ । तथापि नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई विभिन्न बहानामा अटेर गरी नियमको पालना नगरेमा कडाईका साथ संक्रमण रोग निवारण ऐन २०२० अनुसार अनिवार्य कारवाही भै जाने समेत सुचित गरिन्छ ।