अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, २०७८ वैशाख १२ गते । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगर परिषद वडा नं. २१ बस्ने बर्ष २१ को रितेश कुमारलाई अपहरण गरी मिति २०७१।०५।०६ गते अं.१४:०० बजेको समयमा फिरौती रकम माग गर्ने मध्येका जिल्ला पर्सा बस्डिलवा गा.वि.स. वडा नं. ४ हाल परिवर्तित जि.पर्सा बीरगंज म.न.पा. वडा नं. २९ बस्ने बर्ष ४० को वुधन राम चमारलाई मिति २०७३।०३।०६ गतेको सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र रु. ५०,०००/– (पच्चास हजार) जरिवाना तोकिएकोमा निज वारदात पश्चात फरार रहेको । हाल निज आफ्नै गाँउघरमा आई लुकीछिपी बस्दै गरेको भन्ने सूचना प्राप्त भई मिति २०७८/०१/११ गते व.प्र.का. श्रीपुर पर्साबाट टोली खटिई जाँदा निजलाई जिल्ला पर्सा बीरगञ्ज म.न.पा. वडा नं. २९ बस्डिलवा गाउँमा फेला पारी पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको ।