हातहतियार सहित २ जना मानिस पक्राउ

महोत्तरी,२०७८।०१।१३ गते ईलाका प्रहरी कार्यालय बर्दिबासबाट गस्तीमा खटिएको प्रहरी टोलिले मिति २०७८।०१।११ गते अं. १७:३० बजेको समयमा जिल्ला महोत्तरी गौशाला नगरपालिका-११ स्थित महरा पुलको पुर्व दक्षिण तर्फको जंगल नजिक ज. ७ प. ३३२९ नं. को १२५ सि.सि. को डिस्कभर मोटरसाईकलमा सवार जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं. १ सनिडाँडा बस्ने अं. बर्ष ३९ को सोम बहादुर मगर र जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. ८ बस्ने अं. बर्ष ५६ को कृष्ण बहादुर मगरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ थान भरुवा बन्दुक, ऐ. मा प्रयोग हुने ५० ग्राम बारुद, बारुद खाड्ने डण्डि थान - १ समेत फेला परेकोले निजहरुलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सम्मानित महोत्तरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको ।