अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन पक्राउ

पर्सा, २०७८ वैशाख २० गते ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा BR05P 9269 नम्बरको भारतीय स्कारपियो गाडी चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाइरहेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट तथा मातहत अस्थायी प्रहरी पोष्ट मनवाबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.१ मनवा बजार स्थितमा उल्लेखित नम्बरको भारतीय स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त स्कारपियो गाडीलाई बरामद गरी रु.२५,००,०००।– (पच्चीस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसै गरी मिति २०७८।०१।२० गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बिहान ०२:३० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२५ मौजे सिर्सिया स्थित सडक खण्डमा ४ जना व्यक्तिहरुले BR05E3908, ना.१८ प ७९०१, ना.१६ प ७८५४ र ना.२ प २४३० नम्बरको मो.सा.मा विभिन्न किसिमका लत्ताकपडा लोड गरी बीरगञ्जतर्फ ल्याउदै गरेको अवस्थामा देखी नियन्त्रणमा लिन खोज्दा निजहरु प्रहरीलाई देख्नासाथ लत्ताकपडा तथा मो.सा.छाडी फरार भएको हुँदा उक्त लत्ताकपडा र उल्लेखित नम्बरका मो.सा.हरु बरामद गरी रु.६,९४,३५०।– ( छ लाख चौरान्वे हजार तिन सय पच्चास ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।