प्रतिवन्धित लागू औषध गाँजा बरामद

पर्सा, २०७८ वैशाख २६ गते ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने वर्ष ४५ को सोती कलवारले आफ्नै घरबाट प्रतिवन्धित लागू औषध गाँजाको कारोबार गर्ने गरेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई देख्ना साथ निज सोती कलवार मोटरसाइकल चढी फरार भएको, निजको घरमा रीतपूर्वक खानतलासी गर्दा निज सुत्ने कोठाको खाटमुनि सुनियोजित तवरले लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको जस्तो देखिने प्रतिवन्धित लागू औषध गाँजाको प्याकेट थान-८, ४ वटा बाल्टिन भित्र राखिएको गाँजाको पोका थान ८ गरी जम्मा १६ वटा पोका भित्र गरी जम्मा ७० किलो ४८० ग्राम गाँजा फेला परेकोले उक्त गाँजा बरामद गरी निज सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा आजै मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।