हुण्डी कारोबार गर्ने मानिसहरू पक्राउ

पर्सा, २०७८ वैशाख २९ गते । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार, भारत विहार जि.मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ बस्ने वर्ष २२ बर्ष को गुड्डु कुमार, भारत विहार जि.मोतिहारी वडा नं.५ बस्ने वर्ष १८ बर्ष साहिल गुप्ता समेत निम्न ४ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई ऐ.पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– ( पच्चीस लाख) फेला परेको; साथै निज विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७,५०,०००।– ( सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निजहरुको ना.८ प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान कार्य भईरहेको ।