भन्सार छलीको लत्ताकपडा गाडी सहित मानिस पक्राउ

पर्सा, २०७८ वैशाख २९ गते । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य रू.१,१३,४००।–( एक लाख तेह्र हजार चार सय) बराबरका कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा बरामद गरी गाडी चालक जिल्ला बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई गाडी सहित नियन्त्रणमा लिई गाडी समेत कुल रू.६,१३,४००।– मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै निजलाई गाडी तथा कपडा सहित बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।