अपरहण पश्चात हत्या गर्ने फरार प्रतिवादी पक्राउ

सिरहा, २०७८ जेठ ०५ गते । सिरहा जिल्ला बरियारपट्टी गाउपालिका वडा नं. ४ स्थित तेनुवापट्टीमा पर्ने आधारभुत प्राथमिक विधालय अगाडी सोही स्थान स्थानमा बस्ने बिलेक्षण यादव समेतका व्यक्तिहरुले जिल्ला सिराहा वरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुरमा बस्ने नरेन्द्र सिंहको छोरा अनिष कुमार सिंहलाई मिति: २०७५/०१/२९ गते २४:०० बजे राती घरबाट अपहरण गरी घाईते बनाई उपचारको क्रममा मिति: २०७६/०२/०१ गते मृत्यु भएको उक्त घटना पश्चात फरार रहेका जिल्ला सिरहा बरियारपट्टी गा.पा. वडा नं. ०४ तेनुवापट्टी टोल बस्ने मुनेश्वर साहको छोरा वर्ष ३९ को जयराम साह, ऐ.ऐ. बस्ने मुनेश्वर साहको छोरा वर्ष ३२ को हरेराम र ऐ.ऐ. बस्ने रामनन्दन प्रसाद सुडीको छोरा वर्ष ४७ को शैलेन्द्र साह प्रतिवादीहरुलाई मिति २०७८/०२/०५ गतेका दिन जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा पेश गरीएको ।