कटुवा पेस्तोल सहित चोरीमा सम्लग्न मानिस पक्राउ

सिरहा, २०७८।०१।०९ गते जिल्ला सिरहा लहान नगरपालिका वडा नं. -०१ कृष्णटोल स्थित बस्ने ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन-चाँदीका गरगहना समेत मिति २०७८/०१/२८ गते राति २:२० बजेको समयमा चोरी भएको सो घटनामा सम्लग्न भएको भनि संकास्पद रहेका जिल्ला सिरहा लहान नगरपालिका वडा न. १ मटियर्वा बस्ने महेन्द्र पुर्वेको छोरा बर्ष अं. २५ को करण पुर्वे, ऐ.ऐ. बस्ने बर्ष अं. २२ को संजय कुमार महतो र ऐ.ऐ. बस्ने बर्ष अं. २४ को धर्मेन्द्र महतो ब्यक्तिहरुको घरमा मिति २०७८/०२/०८ गते २१:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटि गएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा निज करण पुर्वेको घरमा सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा नम्बर नखुलेको कटुवा पेस्तोल थान-०१ (एक), 7.62 MM MFS 96 लेखिएको गोली थान-०१ (एक) बरामद गरी निज ३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको ।