पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको घण्टाघर स्थित चोकमा केही प्रहरीद्वारा हुन गएको गैर व्यवसायिक ब्यवहार सम्बन्धमा

हालको बिषम परिस्थितिलाई मध्यनजर गरि Covid-19 (Corona Virus) महामारीबाट जनताहरूलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूती दिलाउनको लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा सर्वसाधरणहरूमा सूचना जारी गरि लागू गरिएको निषेधाज्ञा जिल्ला प्रहरी कार्यालय पर्साद्वारा पालना गराउने क्रममा सोही कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०७८।०२।१२ गते जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.-८ स्थित घण्टाघर चोकमा पसल संचालनकर्तासँग गरिएको गैरव्यवसायिक ब्यवहार सम्बन्धमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । उपरोक्त घटनाको सम्बन्धमा छानविन एवं आवश्यक कारवाहीको लागि यस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा ३ (तीन) सदस्यीय छानविन समिति गठन गरि अनुसन्धान कार्य प्रारम्भ गरिएको र अनुसन्धानको क्रममा यदि कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।