२१८ किलो प्रतिवन्धित लागू औषध गाँजा सहित २ जना मानिस पक्राउ

बारा, २०७८ जेठ १२ गते ।प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका-१ पथलैया चोक स्थित रहेको महमद आलम साहको रामरहिम ग्यारेजमा जिल्ला महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने बर्ष ३३ को घनश्याम गिरीले काठमाण्डौबाट भारतको बरौलीमा तेल लिन जानको लागि चलाई ल्याएको ना ४ ख २९७९ न. को खाली ट्यांङकरमा लुकाई छिपाई प्रतिवन्धित गाँजा लगिरहेको भन्ने गोप्य सूचना प्राप्त भए अनुसार चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको च्याम्बर भित्र लुकाई छिपाई रातो प्लाष्टिकमा पोका बनाई राखेको २१८ किलो ग्राम (१९ पोका) प्रतिवन्धित लागू औषध गाजाँ बरामद गरी उक्त ट्याङकरका चालक घनश्याम गिरी तथा सह-चालक जिल्ला चितवन खैरहनी नगरपालिका-२ बस्ने राजकुमार दवाडि सहित ट्याङकर समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।