त्रिपन्न लाख असी हजार रकमसहित हुण्डी कारोबार गर्ने मानिसहरू पक्राउ

पर्सा, २०७८ जेठ १३ गते । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.६ घर भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ८ BPC क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र जि.बारा प्रसौनी गा.पा.वडा नं.६ वस्ने वर्ष १९ को प्रकाश जैसवाल अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४,००,०००।– (चौबीस लाख) फेला परेको, साथै निज शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइ छिपाई राखिएको रू.२९,८०,०००।– ( उन्नतीस लाख असी हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.५३,८०,०००।– (त्रिपन्न लाख असी हजार) बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।