अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू पक्राउ

पर्सा, २०७८ वैशाख १६ गते देखि जेठ १३ गते सम्म जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका BR05M7902, BR05R1284, BR22B7157, BR05M1556, BR05L4101 BR22AF2449, BR05T6757, BR01DM4602 नम्बरका ८ वटा भारतीय मोटरसाइकलहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकिङ तथा मोबाइकल वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.५,८५,०००।– (पाँच लाख पच्चासी हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको ।