हातहतियार सहित मानिस पक्राउ

धनुषा, २०७८ जेठ १९ गते । धनुषा विदेह नगरपलिका-६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकखण्डमा मिति २०७८।०२।१९ गते अं. १६:५० बजे मैनाथपुरबाट यदुकुहा तर्फ जादै गरेको ज.१० प. ८६३५ नम्बरको मोटरसाईकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरी टोलीलाई शंका लागी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक जिल्ला धनुषा शहिदनगर नगरपालिका-२ बस्ने वर्ष १९ को निपुल यादवको शरीर चेकजाँच गर्दा केही पनि फेला नपरेको र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा शहिदनगर नगरपालिका-३ बस्ने वर्ष २५ को उतिमलाल पासवानको शरीरको चेक जाँच गर्दा कम्मरको अगाडी पट्टी कालो प्लाष्टिकले बेरी कटुवा पेस्तोल थान १ बोकी रहेको अवस्थामा निजको साथबाट बरामद भएको हुँदा कटुवा पेस्तोल थान १ र मोटरसाईकल सहित निज उतिमलाल पासवान र निपुल यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई राखिएको र उक्त घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।