लुटपाट तथा चोरीमा संलग्न व्यक्तिहरू नियन्त्रणमा

पर्सा, २०७८ जेष्ठ २६ गते जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट मिति २०७८।०१।०७ गते अं.०२:०० बजे Laptop तथा मोबाइल लगायतका धनमाल चोरी भएकोमा सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका.वडा नं.६ बस्ने वर्ष १९ को मुन्ना कुमार रामले उल्लेखित मिति र समयमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरी उक्त चोरी गरेको खुल्न आएकोले मिति २०७८।०२।२४ गते अन्दाजी २०.०० बजे निजको घरको तलासी लिँदा चोरी भएको Dell Laptop थान-१ र Vivo मोबाइल फोन थान-१ निज सुत्ने कोठाबाट रीतपूर्वक बरामद भएको हुँदा निजलाई तत्काल नियन्त्रणमा लिई मिति २०७८।०२।२५ गते चोरी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच ) म्याद थप गरी थप अनुसन्धान भइरहेको ।

यसै गरि मिति २०७८।०२।२५ गते बीरगञ्ज म.न.पा.वडा नं. ११, श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज म.न.पा.वडा नं. ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा निजले घाँटीमा लगाएको सुनको सिक्री लुट्ने बी.म.न.पा.वडा नं.१६ बस्ने वर्ष १९ को निरज नट र ऐ.ऐ.बस्ने बर्ष १९ को युवराज रायलाई तत्कालै अ.प्र.पोष्ट घण्टाघरको टोलीले उल्लेखित सिक्रीसहित नियन्त्रणमा लिएकोमा निजहरू लगायतको समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएकोले निजहरूलाई चोरी मुद्दामा उल्लेखित मितिमै सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको ।