अबैध रकम बरामद

रौतहट, २०७८ जेठ २६ गते जिल्ला रौतहट परोहा नगरपलिका-९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ BR05R4521 नं.को मोटरसाईकलमा आउदै गरेको मोटरसाईकल चालक भारत जिल्ला मोतिहारी घोडासहन बस्ने अं.वर्ष २२ को बन्टि कुमार कलवार र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २० को सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरुले बोकेको नाईलुनको झोलामा भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको स्रोत नखुलेको अवैध रकम रु.३०,७६,०००।- (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैया बरामद गरी उक्त नं.को मो.सा. र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।