प्रतिवन्धित लागू औषध गाँजा सहित मालबाहक ट्रक पक्राउ

पर्सा, २०७८ असार २८ गते ।

ठूलो परिमाणमा प्रतिवन्धित लागू औषध गाँजा कन्टेनर ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने विशेष सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विगत २४ घण्टादेखि भएको निरन्तर निगरानी, सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.२५ ICP गेटनजिक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले HR55M 2209 नम्बरको भारतीय कन्टेनर ट्रकलाई रोक्न खोज्दा गाडी रोकी स्टार्ट अवस्थामा चालक फरार भएको, उक्त ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लाष्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोका भित्र २४७ किलो प्रतिवन्धित लागू औषध गाँजा फेला परेकोले सो ट्रकलाई उल्लेखित गाँजा सहित बरामद गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

साथै उल्लेखित ट्रकको सवारीधनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको ।