हतियार सहित मानिस पक्राउ

सिरहा, २०७८ असार २८ गते ।

यस २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका-९ स्थितमा जिल्ला सिरहा मिर्चैया नगरपालिका-१० बस्ने वर्ष २६ को रामकुमार यादव र सोही स्थान बस्ने वर्ष २२ को रुपेश यादवलाई शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट Made in Italy लेखिएको अटोमेटिक पेस्तोल थान-१, ऐ.को म्यागजिन थान-१ र Type 77 लेखिएको राउण्ड-२ गोली सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।