जबरजस्ती करणी गर्ने मानिसहरु पक्राउ

पर्सा, २०७८ साउन ०१ गते । जिल्ला रूकुम घर भएकी १९ बर्षीया महिला काठमाण्डौँ कलंकीबाट मिति २०७८।०३।२७ गते बिहान बुटवल जाने भनि २ बर्षीय छोरा सहित ना.५ ख. २८७० नम्बरको ट्रकमा चढी यात्रा गरेकोमा उक्त ट्रकका चालक जिल्ला पर्सा बीरगञ्ज म.न.पा. २१ बस्ने सुनिल महत्तोले चितवन रामनगरसम्म ल्याइ जबरजस्ती करणी समेत गरी मिति २०७८।०३।२९ गते दिउँसो १३:०० बजे अर्को ना.६ ख. ३३६९ नम्बरको ट्रक चढाइ पठाइ दिएको र त्यसपछि उक्त ट्रकका चालक जिल्ला पर्सा पोखरिया न.पा. ६ बस्ने बर्ष २५ को शिववालक महत्तोले बुटवल जाने भनि बीरगञ्ज तर्फ ल्याइ आफू, सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक जबरजस्ती करणी गरी मिति २०७८।०३।३० गते १७:०० बजे बीरगञ्ज म.न.पा. १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी हिंडेकोमा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्वार गरी जि.प्र.का. पर्सामा ल्याइएकोमा पीडितसंगको सोधपुछका आधारमा पछिबाट निज चालक सुनिल महत्तो र शिववालक महत्तोलाई गाडी सहित पक्राउ गरिएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको । पक्राउ परेका विरूद्ध जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको ।