जुवा खालबाट सात जना मानिसहरू पक्राउ

पर्सा, २०७८ साउन ०१ गते । जिल्ला पर्सा बीरगंज म.न.पा. १५ नेशनल मेडिकल कलेज छेउमा निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको सूचनाको आधारमा मिति २०७८।०३।३१ गते अं. १७:०० बजेको समयमा जि.प्र. का. पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने जिल्ला पर्सा, बीरगञ्ज म.न.पा. ५ बस्ने बर्ष ४२ को श्यामबाबु सोनार, जि. पर्सा बी.म.न.पा. ३ बस्ने बर्ष ३५ को अली असगर अन्सारी, जि. बारा महागढीमाई न.पा. १० बस्ने बर्ष ३५ को धिरेन्द्र प्रसाद जैसवाल, जि. रौतहट गौर न.पा. १ बस्ने बर्ष ४८ को रमेश चौधरी, बी.म.न.पा. १५ बस्ने बर्ष ३२ को सुनल सर्राफ, बी.म.न.पा. १६ बस्ने बर्ष ५८ को भगवान प्रसाद महतो र भारत बिहार जि. मोतिहारी रक्सौल ४ बस्ने बर्ष ४० को रामबाबु प्रसाद सोनार हरुलाई उक्त जुवा खालबाट रु. १,५८,०००।– (एक लाख अन्ठाउन्न हजार) र १० बुक तास सहित नियन्त्रणमा लिई जि.प्र. का. पर्सामा ल्याई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको ।
साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसूर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिई यस्ता क्रियाकलाप नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरिन्छ ।