प्रतिवन्धित लागू औषध सहित मानिस पक्राउ

मिति २०७८ साउन ०१ गते । जिल्ला पर्सा बीरगञ्ज म.न.पा. १६ रजतजयन्ती चोकस्थित सडकमा मिति २०७८।०३।३१ गते अं. १६:०० बजे जि.प्र.का. पर्सा तथा प्रतिवन्धित लागू औषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले शंकितरुपमा पैदल हिँडिरहेका निम्नानुसारका २ जना व्यक्तिहरुलाई रोकी जाँच गर्दा निज मध्येका जिल्ला काभ्रे साँगा न.पा.१३ बस्ने बर्ष ४४ को कृष्ण खड्काले लगाएको जिन्स पाईन्टको कम्मर पेटीको भागमा पत्रिकाले बेरी ल्याएको अवस्थामा लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा दुबै खुट्टामा पाइन्टभित्र सेतो टेपले बेरेको अवस्थामा प्रतिवन्धित लागू औषध नाईट्राभेट ट्याब्लेट २० पत्तामा जम्मा ६०० ट्याब्लेट समेत फेला परेकोले उल्लेखित लागु औषधहरू बरामद गरी उक्त प्रतिवन्धित लागू औषध ओसारपसार गर्न निजको साथ लागी आएका जिल्ला काभ्रे बनेपा न.पा.१० बस्ने वर्ष २७ को सविन हुमागाई समेत २ जनालाई नियन्त्रणमा लिई प्रतिवन्धित लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको