प्रतिवन्धित लागू औषध सहित मानिस पक्राउ

धनुषा, २०७८ साउन ०२ गते । विशेष सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-९ स्थित बाह्र बिगहाको पश्चिमपट्टीबाट रामानन्दचोक तर्फ जाँदै गरेको ज.३ प. २७७८ नम्बरको कालोपल्सर मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने वर्ष २५ को संतोष कुमार यादवले चलाई ल्याएको उक्त मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको-१५०० थान ( Nitravet-10 ) ट्याब्लेट र निजले प्युठमा बोकोको कालो झोला भित्र चारमिनार मुम्कका-२४ प्याकेट, राजनिवास-३ पैकेट, चक्कु-१ थान समेत रित पुर्वक बरामद गरि निज समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धा भईरहेको ।