प्रतिवन्धित लागू औषध सहित मानिस पक्राउ

धनुषा, २०७८ साउन ०२ गते । विशेष सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-९ स्थित बाह्र बिगहाको पश्चिमपट्टीबाट रामानन्दचोक तर्फ जाँदै गरेको ज.३ प. २७७८ नम्बरको कालोपल्सर मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने वर्ष २५ को संतोष कुमार यादवले चलाई ल्याएको उक्त मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको-१५०० थान ( Nitravet-10 ) ट्याब्लेट र निजले प्युठमा बोकोको कालो झोला भित्र चारमिनार मुम्कका-२४ प्याकेट, राजनिवास-३ पैकेट, चक्कु-१ थान समेत रित पुर्वक बरामद गरि निज समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धा भईरहेको ।

यस गरी २०७८ साउन ०२ गते । जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका-६ कडरबोना चौक स्थितमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना १ ज ७७१२ नम्बरको बिङ्गर गाडी रोकी चेक जाँच गर्ने क्रममा विङ्गरको आगाडी चालक भन्दा बाँया पटीको सिटमा बसेको जिल्ला सप्तरी अग्नीसाईर कृष्ण सबरण गाउँपालिका-५ जन्डौल टोल घर बताउने मो.यासिनको छोरा अन्दाजी बर्ष १९ को मो.सदरले बायाँ हातमा बोकेको निलो रङ्गको झोलाबाट NITRAVET-10 Tablet @) पत्तामा जम्मा ३०० थान र Phenergan-३८ एम्पुल, NOOPHIN-३८ एम्पुल र Daizelab-३८ एम्पुल गरी जम्मा-११४ एम्पुल प्रतिवन्धित लागू औषध फेला पारी उक्त प्रतिवन्धित लागू औषध रित पुर्वक बरामद गरी मो.सदरलाई समेत पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको ।