हतियार सहित मानिस पक्राउ

पर्सा, २०७८ साउन ०४ गते । जिल्ला पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ महुवन बस्ने बर्ष ६० को रामबाबु प्रसाद कलवारले आफ्नो घर भित्र अवैध हतियार लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट र मातहत प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी टोलीले रामबाबु प्रसाद कलवारको घर रीतपूर्वक खानतलासी गर्दा सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एयर गन (Air gun) थान १ फेला पारी बरामद गरी निज रामबाबु प्रसाद कलवारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको ।