प्रतिवन्धित लागू औषध गाँजा सहित मानिस पक्राउ

धनुषा, २०७८ साउन ०३ गते । जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ दुधमति हनुमान चौक स्थित जनकपुर ढल्केवर सडक खण्डमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खबर संकलनको लागी खटिएको प्रहरी टोलीले दक्षिणबाट उतर तर्फ शंकास्पद तरिकाले आईरहेको ज.३ प. ५४९ नम्बरको होन्डा साईन मोटर साईकललाई रोकी उक्त मोटरसाईकलमा सवार जिल्ला धनुषा बटेश्वर गाउँपालिका-२ कातिक कुमर बस्ने बर्ष ३५ को राम कुमार महतो र पछाडी सवार जिल्ला धनुषा क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने बर्ष २१ की रुबी कुमारी साह नाम थर वतन बताउने मानिसहरुलाई सोधपुछ गर्ने क्रममा निजहरु आतिन थालेपछि शंका लागी निज दुबैजना बसेको मोटरसाईकलको बीचको भागमा चेपी राखेको आकाशे रङको भिर्ने झोला खोल्न लगाई हेर्दा उक्त झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको प्रतिबन्धित लागू औषध गाँजा फेला परेपछि निज दुबैजनालाई नियन्त्रणमा लिई उक्त प्रतिबन्धित लागू औषध गाँजा नाप तौल गर्दा ५ किलो रहेकोमा उक्त लागू औषध गाँजा रीत पुर्वक बरामद गरी मोटरसाईकलमा सवार दुबैजनालाई पक्राउ गरी साथमा भएको ज.३ प. ५४९ नम्बरको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।