प्रतिवन्धित लागू औषध खैरो हिरोइन सहित तिन जना मानिसहरु पक्राउ

पर्सा, २०७८ साउन ०३ गते । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका-१९ बर्वामा एकसाथ आएका ना.१ ब ३५९५ नम्बरको पल्सर र ना.६२ प १९४२ नम्बरको CBZ मोटरसाईकलहरु रोकी जाँच गर्दा ना.१ ब ३५९५ नम्बरको मोटरसाईकलको फिल्टर बक्सबाट ७९ ग्राम प्रतिवन्धित लागू औषध खैरो हिरोइन जस्तो देखिने बस्तु फेला परेको हुँदा ना.१ ब ३५९५ नम्बको मोटरसाईकल चालक जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने बर्ष ५५ को अमेरिका सहनी, सोही मोटरसाईकलको पछाडि बस्ने सोही स्थान बस्ने बर्ष ५२ को राम आदेश सहनी र ना.६२ प १९४२ नम्बरको मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष ४० को बलिष्टर सहनीलाई उल्लेखित प्रतिवन्धित लागू औषध तथा मोटरसाईकलहरु सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।