प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पर्सा देवाडमा गोली प्रहार गरी डाँका गरेको व्यक्ति पक्राउ

२०७८-०७-१२

  • A
  • A-
  • A+
Share

महोत्तरी, २०७८ कार्तिक १२ गते । जिल्ला महोत्तरी, सम्सी गाउँपालिका वडा नं. १ पर्सा बजार बस्ने अं. वर्ष ५७ को बिरेन्द्र साहले आफ्नो घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा मिति २०७८/०३/०३ गते बिहानको राती अं. ०१:०० बजे समयमा अं. ९/१० जनाको संख्यामा आएको नामथर वतन नखुलेको डाँकाहरु घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी निज बिरेन्द्र साहको श्रीमती शुशिला देवी, निजको छोराहरू शम्भु साह, राजिव साह र छोरी कंचन कुमारी समेतलाई रड समेतले प्रहार गरी घाईते बनाएको र कटुवा पेस्तोलले बिरेन्द्र साहको ढाडमा गोली प्रहार गरी घाईते बनाई अं.मुल्य रु. ८,९७,२००/- बराबरको नगद तथा सुनचाँदीका गरगहना डाँका गरी लगेको, उक्त घटनामा संलग्न व्यक्तिहरूको बारेमा बुझ्दै खोज तलास गर्दै जाने क्रममा घटनामा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार कारी पासवान भन्ने बिश्वनाथ पासवानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०७/१० गते दिनको अं. १६:०० बजेको समयमा जिल्ला महोत्तरी, सोनमा गाउँपालिका वडा नं. ३ रघुनाथपुर स्थितमा घुमफिर गरी रहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

निज कारी पासवान भन्ने विश्वनाथ पासवान समेत संलग्न भई घटाएका अन्य घटनाहरूः-

१) मिति २०६६/०१/०७ गते प्रतिवादीहरू कारी पासवान समेत व्यक्तिहरू भई राम किशोर महतो समेतलाई रोकी निजको साथमा रहेको नगद रू ७,५०,०००/- लुटी लिएकोमा प्रहरी टोलीले चेकजाँचको क्रममा तत्काल पक्राउ प्रतिवादीको साथबाट नगद रू. १०,९७,१२०/- र अबैध हातहतियार फेला परेकोमा निज कारी पासवान समेत उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डाँका तथा हातहतियार सम्बन्धी मुद्दा चलेको ।  

२) मिति २०६४/०५/१९ गते लालबन्दीबाट नयाँरोड हरीवन तर्फ गईरहेको ना. २ ख. ८७८५ नम्बरको ट्रकलाई दलित जनजाति पार्टीका कार्यकर्ता दिलिप पासवान समेतका १४ जना भई उक्त ट्रकको अगाडीको सिसा फुटाई क्याबिनमा बम प्रहार गरी आगो लगाई क्षति पुर्‍याएकोमा ईलाका प्रहरी कार्यालय हरीपुर, सर्लाहीबाट कारी पासवान समेत उपर बम बिष्फोटक शिर्षकमा मुद्दा चलेको ।

३)  मिति २०७३/०३/०१ गते जिल्ला सिरहा, मिर्चैया-७ बस्ने रामेश्वर पासवान समेतका प्रतिवादीहरूले जाहेरवालाको घरमा हातहतियार बोकी प्रवेश गरी देखाई धाक धम्की दिई मुल्य रू. २,१७,८२५/- बराबरको सुनचाँदी लगायतका अन्य सामान डाँका गरी लगेकोमा जि.प्र.का. सिरहाबाट प्रतिवादी कारी पासवान समेत उपर डाँका तथा हातहतियार शिर्षकमा मुद्दा चलेको ।

४) प्रतिवादी सन्तोष पासवान समेतले भारतीय नं. को स्कार्पियो गाडीमा आई जाहेरवाला जिल्ला सर्लाही, धनगडीमाई-४ बस्ने प्रदिप कुमार साहको घरकोठामा प्रवेश गरी कुटपिट समेत गरी अपहरण गर्न खोज्दा स्थानिय मानिसहरुले देखी अन्य व्यक्तिहरू गाडीमा चढी भागेको र सो मध्येको सन्तोष पासवान पक्राउ परेकोमा निज ई.प्र.का. गोलबजार, सिरहाबाट निज कारी पासवान समेत उपर अपहरण वा शरीर बन्धक शिर्षकमा मुद्दा चलेको । 

५) मिति २०६४/०७/२० गते कुल्लाह पासवान समेतले चन्द्रमणी कण्डेलको घरबाट नगद रू. ३०,०००/-, सुनको गर गहना-८ तोला, क्यामरा, मोबाईल समेत चोरी गरी लिई गएकोमा निज कारी पासवान समेत उपर ई.प्र.का. बुटवलमा चोरी मुद्दा दर्ता चलेको ।


सम्बन्धित समाचार
मन्टु प्रसाद कुर्मीको हत्यामा सम्लग्न ब्यक्तिहरु पक्राउ
२०७८-१०-११

     पक्राउ विवरण:-   १) अभियुक्त         :-          गोवारी राउत अहिर      उमेर               :-            ६४ वर्ष               ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     मुद्दा                  :-            अपहरण तथा कर्तव्य ज्यान ३)अभियुक्त            :-             शत्रुधन प्रसाद यादव    उमेर                   :-            ३२ वर्ष                                                              ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-             २०७८।१०।०८ गते      पक्राउ मिति       :-            २०७८।१०।०८ गते        मुद्दा                 :-             अपहरण तथा कर्तव्य ज्यान २)अभियुक्त            :-              नग राउत अहिर     उमेर                  :-              ५५ वर्ष                                                             ठेगाना               :-              जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-              २०७८।१०।०८ गते     मुद्दा                  :-             अपहरण तथा कर्तव्य ज्यान ४)अभियुक्त            :-              मनमोहन प्र.यादव    उमेर                   :-             ३० वर्ष                                                     ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६    पक्राउ मिति         :-             २०७८।१०।०५ गते    मुद्दा                   :-             अपहरण तथा कर्तव्य ज्यान ५)अभियुक्त            :-             रोहन प्र.यादवउमेर                 :-            २५ वर्ष                                                                ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६      पक्राउ मिति       :-           २०७८।१०।०५ गते      मुद्दा                 :-           अपहरण तथा कर्तव्य ज्यान   विवरण              :-         अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७(सात)  म्याद लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको  ।

जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१०-११

         पक्राउ विवरण अभियुक्त      :-      भनु यादव भन्ने मुन्ना प्र.यादव उमेर            :-      २० वर्ष                                                                        ठेगाना          :-       जि.पर्सा वी.म.न.पा.वडा नं.२३ सबैठवा पक्राउ मिति   :-       २०७८।१०।१० गते । मुद्दा             :-        करणी सम्बन्धी कसूर । विवरण       :-        १५ वर्षीया पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आरोपित व्यक्तिले आफ्नै घरमा लगी पटक-पटक जबरजस्ती करणी गरेको । जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ६ (छ) म्याद थप गरी यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको ।

भन्सार छली ल्याएको खुद्रा सामानहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-१०-०७

पक्राउ विवरण नाम               :      लालबाबु महरा उमेर               :      ४५ वर्ष                                                                        ठेगाना            :      जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं. १ पक्राउ मिति     :      २०७८।१०।०५ गते मुद्दा               :      राजश्व छली सम्बन्धी कसूर       बरामद           :      ट्रक (ना.३ ख. ५६७१) -१  र खुद्रा सामान                             मूल्याङ्कन रू. ३०,००,०००/-(तिस लाख)   निजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक कार्वाहीको लागी मिति २०७८।१०।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।