प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिसहरु नियन्त्रणमा

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

सिरहा, २०७८ मंसिर ०५ गते ।  जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोमा मिति २०७८।०८।०४ गते अं.२०:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव तथा ऐ.बस्ने बर्ष २० को कपिल महरा समेतको साथबाट अबैध लागू औषध ब्राउन सुगर ४ ग्राम ५५० मिलि ग्राम, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट  र २ थान मोबाईल सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार
लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०८-०५

 पर्सा, २०७८ मंसिर ०५ गते ।  सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०८।०४ गते अं.१८:३० बजे जिल्ला पर्सा छिपरमाई गाउँपालिका वडा नं.४ बन्जारी पुल स्थित सडकखण्डमा सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको चेकिङग टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना.४५ प. ११६४ नम्बरको मोटरसाइकलमाथि शंका लागि रोकी मो.सा.चालक जिल्ला पर्सा धोविनी गाउँपालिका वडा नं.२ आसवारी बस्ने बर्ष २६ को दिवाकर कुमार साहको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको सेतो नाइलनको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ४५० एम्पुल, डाइजोपाम ४५० एम्पुल र प्रोमिफाइजाम हाईड्रोकोलोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध तथा मो.सा.बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

तस्करी गरी भण्डारण गरेका लत्ताकपडाहरू बरामद
२०७८-०८-०१

पर्सा, २०७८ मंसिर १ गते । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा तस्करीमा सलंग्न व्यक्तिहरूले विभिन्न किसिमका लत्ताकपडाहरु भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई भण्डारण गरी राखेको भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०७।२९ गते १०:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घरमा कोठा भाडामा लिई बस्ने हाल नाम थर वतन नखुलेको व्यक्तिको कोठा रीतपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमका लत्ताकपडाहरू भण्डारण गरी राखिएको फेला पारी बरामद गरी रू. ४,२८,३००।– (चार लाख अठाइस हजार तिन सय) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको।

अबैध हतियार र गोली सहित १ जना मानिस पक्राउ
२०७८-०७-२८

बारा, २०७८ कात्तिक २८ गते । जिल्ला बारा बारागढी गा.पा. ३ खोपवा बजार स्थित झै-झगडा भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०७/२५ गते राती अं. २०:२० बजे ईलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा झगडा गर्ने मानिसहरू तितर बितर भएको र सोही स्थानमा प्रदेश नं.-३-०२-०१०प ७१२३ नं. को मोटरसाइकलमा शंकास्पद अवस्थामा बसिरहेका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ५ बगडमपुर टोल बस्ने रामएकवाल प्रसाद जयसवालको छोरा वर्ष ३५ को मनोज प्रसाद जयसवालको शरीर चेकजाँच गर्दा निजले कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १ राउण्ड गोली लोड रहेको अवैध नलकटुवा बन्दुक थान-१ फेला परेको हुँदा बरामद गरी निज मनोज प्रसाद जयसवाललाई पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।

२ महिलालाई जबरजस्ती करणी उद्योग गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०७-२८

पर्सा, २०७८ कात्तिक २८ गते ।  पीडितहरू क्रमशः ३८ वर्षीया महिला तथा निजकी २० वर्षकी जेठी छोरी आफ्नै घरमा बसिरहेको अवस्थामा मिति २०७८।०७।२५ गते १३:३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीन निज पीडितहरूको घरमा अन्य ६|७ जना मानिसहरू साथ लिई गई अन्य व्यक्तिलाई घरबाहिर राखी आफू घरभित्र प्रवेश गरी एक्कासी छोरीलाई आक्रमण गरी निजको सल च्याती फालिदिई आपराधिक बल प्रयोग गरी खाटमा लडाई निजको भित्री वस्त्रसमेत लुगा खोली जबरजस्ती करणी गर्ने उद्योग गरेकोमा पीडित आमाले प्रतिकार गर्न खोज्दा उल्टै आमाको समेत ब्लाउज च्याती निजलाई समेत लडाई ज.क. गर्ने खोजेको; यसक्रममा परिवारको अन्य १ जना सदस्यसमेत आई तीन जना मिली निजको प्रतिकार गर्दा करणी गर्न नपाएको घटनाको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मिति २०७८।०७।२६ गते १८:०० बजे जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. १ स्थितबाट निज शेख सलाउद्दीनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको । साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको ।