प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद रू. २३,८९,४८०।- सहित मानिस पक्राउ

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

 पक्राउ विवरण

    अभियुक्त        :           अब्दुल समी

     उमेर             :-         १९ वर्ष (अन्दाजी)            

     ठेगाना          :-         भारत देश मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९

     पक्राउ मिति   :-         २०७९।०४।०९ गते ।

     बरामद          :-         नेपाली नगद रू.२३,८९,४८०।(तेईस लाख उनानन्बे हजार चार सय असी)

     निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
जाली नोट र कटुवा पेस्तोल सहित ६ जना मानिस पक्राउ
२०७९-०७-२७

        रौतहट, मिति २०७९।०७।२४ गते अं. १७:४५ बजे  जिल्ला रौतहट मौलापुर न.पा वडा नं. ८ सोनरनिया स्थितमा बिशेष सूचनाको आधारमा जाली नोटको कारोबार भईरहेको छ भनी खबर प्राप्त हुनासाथ जि.प्र.का.रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्ने निम्न मानिसहरुलाई जाली नोट सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला रौतहट मौलापुर न.पा. वडा नं.७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्यहरु भईरहेको ।        पक्राउ परेका निम्न मानिसहरुको विवरण :-१.      जिल्ला बारा आदर्श कोतवाल गा.पा वडा नं. ६ बस्ने बर्ष २५ को सोनु भन्ने आनन्द कुश्वाहा ।२.      ऐ.ऐ बस्ने अं. बर्ष ४५ की प्रतिमा देवी कुश्वाहा ।३.      ऐ.ऐ बस्ने अं. बर्ष २२ की अमृता कुमारी ।४.      ऐ.ऐ बस्ने अं.बर्ष १९ को बृज किशोर मुखिया ।५.      ऐ. रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने अं. बर्ष २३ को राजाराम साह ।६.      ऐ. देवाही गोनाही न.पा वडा नं. ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद ‍जैसवाल ।बरामद भएको समानको विवरण :-१.      ना. ३३ पं. २४५१ नं. को होन्डा साईन मो.सा. ।२.      ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मो.सा. ।३.      नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००। दरको ८७ थान ।                   साथै मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी  पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते भएको ।                                           फोटो                                                                                                            

लागु औषध सहित २ जना मानिस पक्राउ
२०७९-०७-२५

पर्सा, मिति २०७९।०७।२३ गते राती अं.१८:३० बजे वीरगञ्ज म.न.पा. वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ संकाष्पदरूपमा पैदल हिँडि आउँदै गरेका २ (दुई) जना व्यक्तिहरूलाई रोकी निजहरूले बोकेको जेब्रा झोलालाई कानूनको रीत पुर्‍याई  चेकजाँच गर्दा उक्त झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट २३९८ (दुई हजार तिन सय अन्ठान्बे) पिस फेला परेको, उक्त लागु औषधहरू भारतको रक्सौलबाट खरिद गरेको जानकारी प्राप्त भएको, निजहरू निम्न लिखित वतनका रमेश चित्रकार र मिना कुमारी घले खुल्न आएको साथै निजहरू श्रीमान् श्रीमती भएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा फेला परेको लागु औषध बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई मिति २०७९।०७।२४ गतेबाट लागु हुने गरी पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिइ थप अनुसन्धान भइरहेको  । पक्राउ विवरण क)    अभियुक्त     :-          रमेश चित्रकार उमेर           :-          ४४ वर्ष                                                                                      ख)    अभियुक्त     :-          मिना कुमारी घले उमेर           :-          ३० वर्ष                                                                                      वतन           :-          जि.ललितपुर ललितपुर म.न.पा. वडा नं. १४  पक्राउ मिति  :-          २०७९।०७।२३ गते ।

३ जना फरार प्रतिवादी पक्राउ
२०७९-०७-२३

बारा, फैसला कार्यान्वयनको सिलसिलमा इ.प्र.का. बारागढी, बाराबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालतको मिति २०७६/०२/२८ गतेको फैसला आदेशले कैद तथा जरिवाना ठहर भई फरार रहेका निम्न उल्लेखित फरार प्रतिवादीहरूलाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार निज प्रतिवादीहरूबाट जरिवाना असुल उपर भई कैद भुक्तानको लागि २ जनालाई कारागार कार्यालय वीरगंज पठाइएको । सि.नं. पक्राउ मिति फरार प्रतिवादीको नाम मुद्दा कैद जरिवाना कैफियत १ २०७९/०७/२० जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.५ बस्ने तन्कीर चौधरीको छोरा नथुनी चौधरी । वन पैदवार ओसार पसार ०-२-० रू.४,२१०/- कारागार चलान २ २०७९/०७/२० जिल्ला बारा बारागढी गा.पा.वडा नं.१ सुखिपथरा बस्ने रामलाल साह । वन पैदवार ओसार पसार - रु. २५,०००/- - ३ २०७९/०७/२१ ऐ.ऐ. बस्ने राजाराम राउत कुर्मीको छोरा दशई राउत कुर्मी । वन पैदवार ओसार पसार ०-१-० रू.४,२१०/- कारागार चलान

२५ किलो ग्राम लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ
२०७९-०७-२२

बारा, मिति २०७९/०७/२० गते अं. २१.०० बजेको समयमा इ.प्र.का. निजगढ, बाराबाट खटिएको प्रहरी टोली जि. बारा निजगढ न.पा.वडा न. १२ कुलिया स्थित पुग्दा प्रहरी टोलीलाई देख्नासाथ जि. बारा निजगढ न.पा. वडा न. १२ बारथली बस्ने बर्ष अ. ५८ को प्रेम बहादुर लो समेत ३ जना व्यक्तिहरू समेतले बोकी आएको लागू औषध गाँजा सहितको बोरा फाली भाग्न खोज्दा निजहरू मध्येका प्रेम बहादुर लो पक्राउ गरी निज समेतले बोकी आएको २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ कि.ग्रा. लागू औषध गाँजा बरामद गरी पक्राउ परेका प्रेम बहादुर लो लाई सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्ने लगायतको अनुसन्धान कार्य भइरहेको ।