प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागू औषध सहित २ जना नियन्त्रणमा

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

       पक्राउ विवरण:

१.      नाम                   :-        दिलिप साह     

उमेर                :-          ३० बर्ष 

ठेगाना             :-        जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०१ 

२.      नाम                   :-          गोपाल दास    

उमेर                :-          २८ वर्ष 

ठेगाना             :-          जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०७

पक्राउ मिति      :-          २०७९।०४।२२ गते ।        
बरामद समान    :-        फेनरागन- ९९१ एम्पुल, डाईजिपाम- ९९१ एम्पुल, ब्युप्रिनोर्फिन- ९९१ एम्पुल, स.६ प. ६३३ नं. को मोटरसाईकल थान- १ र मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, ओपो कम्पनीको मोबाईल सेट थान-१)

 

निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
विश्‍व आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम
२०७९-०६-०२

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको आयोजनामा आज मिति २०७९।०६।०२ गते बिहान ०८:०० देखि नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज पर्सा (हाल जनकपुरधाम धनुषा) को प्राङ्गणबाट “आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रम” र्‍याली सुरु भई नगर परिक्रमा पश्‍चात जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ३ स्थित जनकपुर उधोग वाणिज्य संघको सभाहलमा कार्यक्रमका प्रमुख अतिथी जनकपुर उ.म.न.पाका मेयर श्री मनोज साह ज्यू, धनुषा जिल्लाका प्र.जि.अ. श्री सुरेन्द्र पौडेल ज्यू, मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मसऊद आलम खाँज्यू, यस कार्यालयमा कार्यरत प्र.व.उ. योग बहादुर पाल, प्र.उ.हरु तथा उपस्थित सिनियर प्रहरी अधिकृत ज्यूहरु, स्थानीय समुदायिक सेवा केन्द्रका पदाधिकारीज्यूहरू, उद्योग वाणिज्य संघ जनकपुरधामको अध्यक्ष श्री जितेन्द्र कुमार महासेठज्यू, पत्रकार महासंघ जनकपुरधाम धनुषाका उपाध्यक्षज्यू, बिभिन्न शैक्षिक संस्थाका प्रधानाध्यापकज्यू र अध्ययनरत विधार्थीहरू, विभिन्न संघ संस्थाका प्रमुखज्यूहरु, विभिन्न पत्र-पत्रिका/TV मा आवद्ध संचारकर्मी ज्यूहरू, नागरीक समुदाय, यस कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज पर्सा (हाल जानकपुरधाम धनुषा), मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारहरु समेत गरी अं.११००/१२०० जनाको सहभागितामा देशभर बढ्दो अत्महत्या दरलाई न्यूनिकरण गर्न आमनागरिकलाई सुसूचित गराउने उद्देश्‍यले कार्यक्रमका प्रमुख अतिथी जनकपुर उप-महानगरपालिकाका मेयर श्री मनोज साह ज्यूद्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रम समुद्‌घाटन गर्नु भएको, उक्त कार्यक्रममा प्र.व.उ. योग बहादुर पालद्वारा आत्महत्याको वर्तमान अवस्था सम्बन्धी तथ्याङ्क, चुनौतीहरु र सम्भाव्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको, प्रमुख अतिथी जनकपुर उप-महानगरपालिकाका मेयर श्री मनोज साह ज्यूले आफ्नो विचार प्रस्तुत गर्नु भएको, मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मसऊद आलम खाँज्यूले कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापान गर्नु भएको, उक्त कार्यक्रमका अध्यक्ष धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेल ज्यूद्वारा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति आभार प्रकट गर्नु हुँदै आत्महत्या न्युनिकरण सम्बन्धी नाट्य सामाग्री तथा श्रृव्यदृश्‍य प्रस्तुतीकरण भई समापन भएको ।

अवैध लागूऔषध सहित २ जना मानिसहरू नियन्त्रणमा
२०७९-०५-२८

सिरहा, मिति २०७९।०५।२६ गते राती अं. २३:३० बजेको समयमा जि. सिरहा सखुवानान्कारकट्टी गा.पा. वडा नं.५ महेशवारी चोक स्थितमा ई.प्र.का. महेशवारी सिरहाबाट खटिएको प्रहरी टोलिले स.११ प.५७२७ नम्बरको मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ४ बस्ने बर्ष ४१ को ध्रुब बुढाथोकी र पछाडी सवार जि. सिरहा लक्ष्मीपुरपतारी गा.पा. वडा नं. ५ घर भई हाल लहान न.पा. वडा नं. ५ बस्ने बर्ष २५ को अब्दुल मरासिकी समेतको साथबाट निम्न परिणामको लागूऔषध, मो.सा. र पेस्तोलको गोली जस्तो देखिने वस्तु समेत फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध, खरखजाना मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।बरामद समान:१.     DIALEX-DC १०० ml १ बोतल२.     9mm पेस्तोलको गोली जस्तो देखिने थान- १ ३.     NITRAVET- 10 लेखिएको २ पत्तामा २८ पिस४.     SPSMO-PROXYVON ५ पत्तामा ३८ पिस५.     नगद रु ९,०००।– (नौ हजार),  चेक थान- ३ ६.     मोबाईल  थान -२, पावर बैंक थान- १७.     मोटरसाईकल थान-१, बिलबुक थान-३, स्कारपियोको साँचो थान - १८.     नागरिकता थान -१, लाईसेन्स थान -२, ATM थान- ५ ९.      पर्स थान- १, दराजको साँचो थान -७

अवैध घरेलु मदिरा भट्टी सहित कच्चा पदार्थ नष्ट
२०७९-०५-२६

    बारा, अपराधिक गतिविधि न्यूनिकरण, घरेलु हिंसा, बालबालिका विरुद्द हुने अपराध रोकथाम, सवारी दुर्घटना लगायत घटनाहरू न्यूनिकरण गर्ने अभियान अन्तरगत मिति २०७९/०५/२६ गते दिउँसो जि.प्र.का. बाराबाट खटिएको प्रहरी टोलीले जि. बारा फेटा गा.पा. वडा नं.१, प्रसौनी गा.पा. वडा नं. १ र ३ स्थित विभिन्न घरमा संचालन रहेका ५ वटा अवैध भट्टीहरू नष्ट गरिएको, सो भट्टी नष्ट गर्ने क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने अं. १०,००० लीटर कच्चा पदार्थ नष्ट गरिएको तथा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुडा बरामद गरी थप अनुसन्धान कार्य भइरहेको ।

अबैध हुण्डी कारोबार गर्ने १ जना मानिस पक्राउ
२०७९-०५-२६

            पर्सा, मिति २०७९।०५।२६ गते १३:३० बजे विषेश सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डमा प्रदेश २-३-०१२ प २०४६ नम्बरको प्लाटिना मो.सा. रोकी चेकजाँच गर्दा जिल्ला पर्सा पोखरिया न.पा. वडा नं.९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.७,५३,३००।- (सात लाख त्रिपन्न हजार तिन सय ) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मो.सा.सहित महम्द रिजवान आलमलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको ।

लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२३

            बारा, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७४/०२/२८ गतेको फैसला आदेशले लागू औषध (गाँजा) मुद्दामा एक वर्ष  कैद र रू. ५,०००/- जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१६ दोहरी पकडी टोल बस्ने श्रवण महरा रामको छोरा नागेन्द्र रामलाई लाई मिति २०७९/०५/२२ गते बिहान जि.प्र.का. बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले निजलाई लागेको कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको । 

मोटरसाईकल चोरीमा संलग्न ३ जना मानिसहरु पक्राउ
२०७९-०५-२३

सिरहा, मिति २०७९/०५/२१ गते ई.प्र.का. लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जि. सिरहा लहान न.पा. को विभिन्न मिति र स्थानबाट चोरी भएका निम्नानुसारको मो.सा. हरु तथा चोरीमा संलग्न मानिसहरु समेत निम्न स्थानबाट फेला पारी रितपुर्वक नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा दिन ५ (पाँच) को म्याद लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।Ø पक्राउ परेका मनिसहरुः-१.      जि. सिरहा लहान न.पा. वडा नं. ०३ बस्ने बर्ष २० नबिन कुमार महतो२.      जि. सिरहा लहान न.पा. वडा नं.०३ बस्ने बर्ष २४ राकेश राय३.      जि. सिरहा नवराजपुर गा.पा. वडा नं.०३ जगतपुर बस्ने बर्ष २२ को सन्तोष कुमार यादवØ चोरी भएका स्थान तथा मोटरसाईकलहरुः-१.      जि. सिरहा लहान न.पा. वडा नं.०३ प्रादेशिक अस्पताल भित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मो.सा. ।२.      जि. सिरहा लहान न.पा. वडा नं.०१ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मो.सा.  स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मो.सा.  ।Ø बरामद भएका स्थान तथा मोटरसाईकलहरुः-१.      जि. सिरहा नवराजपुर गा.पा. वडा नं.०३ जगतपुर स्थित हनुमान चोकबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मो.सा. । २.      जि. सिरहा सुखिपुर न.पा. वडा नं.०८ स्थित दिनेश वर्कसपबाट स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मो.सा.   ।