प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिल बिजक भन्दा बढी खुद्रा सामाग्री तथा लत्ताकपडाहरु लोड रहेका ट्रक र पिकअप नियन्त्रणमा ।

२०७९-१०-१०

  • A
  • A-
  • A+
Share

बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका सामानहरू बोकेको ट्रक बिरगञ्जबाट काठमाण्डौ तर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७९।१०।०९ गते जिल्ला पर्सा बिरगञ्ज महानगरपालिका वडा नं.२६ चण्डालचोक स्थित सडकखण्डबाट BR05G 9491 नम्बरको पिकअप,  ना.५ ख ३८४७ नम्बरको मालवाहक ट्रक  र ऐ. वडा नं.१० आदर्शनगर स्थित सडकखण्डबाट बा.प्र.०३-००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा K ईन्टरप्राइजेज ट्रान्सपोर्ट, BS International ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकहरू तथा पिकअप नियन्त्रणमा लिई हेर्दा रू.२,१२,९२,४५२/- (दुई करोड बाह्र लाख बयान्वे हजार चार सय बाउन्न) बराबरको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

सम्बन्धित समाचार