रू. ५,६८,५६०/– बराबरको अवैध चोरी निकासीका समानहरू पक्राउ
२०७८-०९-२६
धनुषा, २०७८ पौष २६ गते । जिल्ला धनुषा सहिद नगर न.पा.-४ ननुपटी स्थितमा मिति २०७८/०९/२४ गते अं. २४:०० बजे भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको रू. ४,९४,२६०/– बराबरका समानहरू बरामद गरिएको साथै मिति २०७८/०९/२५ गते अं. १०:०० बजे जिल्ला धनुषा ज.उ.म.न.पा.-४ कदम चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका रू. ७४,३००/- बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरी मिति २०७८।०९।२५ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको ।पक्राउ विवरण:मो.सा. :- ६ थान (ज.५ प. ६०६०, ज.३ प. ३६३१, ज.२ प. ४३८५ ,ज.६ प. १८०८ , प्रदेश २-०३-००२ प. ४८७२ र ज.७ प. ४५१०)बरामद सामान:- ब्लाउजको लेस ७३ थान अं.मु. रू.३६,०००/- बच्चाले लगाउने भेष्ट ६२ प्याकेट (३७२ पिस) अं.मु. रू.३,७२०/- र सुर्तीको डिब्बा ३ प्याकेट, गोलमोल लेखिएको पानी पुरी २४ प्याकेट, राकेश बेसन २२ प्याकेट, दो फुल लेखिएको तेल १८ लिटर, ओरियो बिस्कुट ८ प्याकेट, Mum tum बिस्कुट २६ प्याकेट, बटर बेक बिस्कुट २० प्याकेट, रजनी गंन्धा ५ प्याकेट, बिकाजी कुचकुच लेखिएको ७८ प्याकेट, रेडबुल ७ प्याकेट १६८ पिस, बदाम जुस ६० पिस, फर्चुन तेल २० लिटर, अचार २ बट्टा, चक्लेट २ बट्टा, नागाजी लेखिएको तेल ६ टिन, पास्ता कुरमुरे ४ बोरा, चिनि ७ बोरा, तिल ४० के.जी. ।