प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१०-११

         पक्राउ विवरण अभियुक्त      :-      भनु यादव भन्ने मुन्ना प्र.यादव उमेर            :-      २० वर्ष                                                                        ठेगाना          :-       जि.पर्सा वी.म.न.पा.वडा नं.२३ सबैठवा पक्राउ मिति   :-       २०७८।१०।१० गते । मुद्दा             :-        करणी सम्बन्धी कसूर । विवरण       :-        १५ वर्षीया पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आरोपित व्यक्तिले आफ्नै घरमा लगी पटक-पटक जबरजस्ती करणी गरेको । जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ६ (छ) म्याद थप गरी यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको ।

मन्टु प्रसाद कुर्मीको हत्यामा सम्लग्न ब्यक्तिहरु पक्राउ
२०७८-१०-११

     पक्राउ विवरण:-   १) अभियुक्त         :-          गोवारी राउत अहिर      उमेर               :-            ६४ वर्ष               ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     मुद्दा                  :-            अपहरण तथा कर्तव्य ज्यान ३)अभियुक्त            :-             शत्रुधन प्रसाद यादव    उमेर                   :-            ३२ वर्ष                                                              ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-             २०७८।१०।०८ गते      पक्राउ मिति       :-            २०७८।१०।०८ गते        मुद्दा                 :-             अपहरण तथा कर्तव्य ज्यान २)अभियुक्त            :-              नग राउत अहिर     उमेर                  :-              ५५ वर्ष                                                             ठेगाना               :-              जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-              २०७८।१०।०८ गते     मुद्दा                  :-             अपहरण तथा कर्तव्य ज्यान ४)अभियुक्त            :-              मनमोहन प्र.यादव    उमेर                   :-             ३० वर्ष                                                     ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६    पक्राउ मिति         :-             २०७८।१०।०५ गते    मुद्दा                   :-             अपहरण तथा कर्तव्य ज्यान ५)अभियुक्त            :-             रोहन प्र.यादवउमेर                 :-            २५ वर्ष                                                                ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६      पक्राउ मिति       :-           २०७८।१०।०५ गते      मुद्दा                 :-           अपहरण तथा कर्तव्य ज्यान   विवरण              :-         अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७(सात)  म्याद लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको  ।

भन्सार छली ल्याएको खुद्रा सामानहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-१०-०७

पक्राउ विवरण नाम               :      लालबाबु महरा उमेर               :      ४५ वर्ष                                                                        ठेगाना            :      जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं. १ पक्राउ मिति     :      २०७८।१०।०५ गते मुद्दा               :      राजश्व छली सम्बन्धी कसूर       बरामद           :      ट्रक (ना.३ ख. ५६७१) -१  र खुद्रा सामान                             मूल्याङ्कन रू. ३०,००,०००/-(तिस लाख)   निजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक कार्वाहीको लागी मिति २०७८।१०।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।  

नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने २ जना पक्राउ
२०७८-१०-०३

१.      मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ वटा   १.      पक्राउ विवरण:१.   नाम                    :     राणा रौशन सिंह उमेर                   :     २८ वर्ष (अन्दाजी)२.  नाम                    :     हरेन्द्र कुमार सिंहउमेर                   :     ४२ वर्ष (अन्दाजी)ठेगाना                 :     जिल्ला रौतहट राजदेवी न.पा.वडा नं.०९पक्राउ मिति          :     २०७८।१०।०२ गते ।स्थान                  :     जिल्ला रौतहट गौर न.पा.वडा नं. ५ स्थित ब्रहर्वा पुल नजिकबरामद सामान    : २.      मोबिल भरिएको ३००० बट्टाहरु ३.      खुल्ला मोबिल भरि राखेको २०० लिटरको टिनको ड्रम-२ वटा बरामद सामान सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ
२०७८-१०-०३

१.      पक्राउ विवरण१)    नाम               :      संतोष साह कानु             उमेर              :      २० वर्ष             ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/०९/३०२)    नाम               :      शान्ति देवी             उमेर              :      ४० वर्ष ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/१०/०१मुद्दा               :      ज्यान सम्बन्धी कसुर ।  निजहरुलाई ज्यान सम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

रू. ५,६८,५६०/– बराबरको अवैध चोरी निकासीका समानहरू पक्राउ
२०७८-०९-२६

धनुषा, २०७८ पौष २६ गते । जिल्ला धनुषा सहिद नगर न.पा.-४ ननुपटी स्थितमा मिति २०७८/०९/२४ गते अं. २४:०० बजे भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको रू. ४,९४,२६०/– बराबरका समानहरू बरामद गरिएको साथै मिति २०७८/०९/२५ गते अं. १०:०० बजे जिल्ला धनुषा ज.उ.म.न.पा.-४ कदम चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका रू. ७४,३००/- बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरी मिति २०७८।०९।२५ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको ।पक्राउ विवरण:मो.सा. :-    ६ थान (ज.५ प. ६०६०, ज.३ प. ३६३१, ज.२ प. ४३८५ ,ज.६ प. १८०८ , प्रदेश २-०३-००२ प. ४८७२ र ज.७ प. ४५१०)बरामद सामान:- ब्लाउजको लेस ७३ थान अं.मु. रू.३६,०००/- बच्चाले  लगाउने भेष्ट ६२ प्याकेट (३७२ पिस) अं.मु. रू.३,७२०/- र सुर्तीको डिब्बा ३ प्याकेट, गोलमोल लेखिएको पानी पुरी २४ प्याकेट,  राकेश बेसन २२ प्याकेट, दो फुल लेखिएको तेल १८ लिटर, ओरियो बिस्कुट ८ प्याकेट, Mum tum बिस्कुट २६ प्याकेट, बटर बेक बिस्कुट २० प्याकेट, रजनी गंन्धा ५ प्याकेट, बिकाजी कुचकुच लेखिएको ७८ प्याकेट, रेडबुल ७ प्याकेट १६८ पिस, बदाम जुस ६० पिस, फर्चुन तेल २० लिटर, अचार २ बट्टा, चक्लेट २ बट्टा, नागाजी लेखिएको तेल ६ टिन, पास्ता कुरमुरे ४ बोरा, चिनि ७ बोरा, तिल ४० के.जी. ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-२६

पर्सा, २०७८ पौष २६ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ अलपाईन स्कुल स्थित सडक खण्डमा चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध सहित अभियुक्तलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको । पक्राउ विवरण अभियुक्त    :-    पृथ्वी सिंह कुर्मीउमेर    :-    १९ वर्ष                 ठेगाना    :-    जि.पर्सा धोबिनी गा.पा.वडा नं.२ आशवारीपक्राउ मिति    :-    २०७८।०९।२५  गते ।मुद्दा    :-    लागु औषध सम्बन्धी कसूर ।

हुण्डी कारोबार गर्ने २ जना मानिस पक्राउ
२०७८-०९-२२

पक्राउ विवरण: नाम           :   जादोलाल साह उमेर           :   वर्ष ४८ ठेगाना        :   भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण ढाका थाना विक्रमपुर वडा नं. ७ पक्राउ मिति :   २०७८।०९।२० मुद्दा           :   बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूर   (भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागि रोकी चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू. ६,५४,०००।– (छ लाख चउन्न हजार) फेला परेको हुँदा निजहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ।)

विभिन्न स्थानमा मो.सा. चोरी गर्दागर्दै ४ जना व्यक्ति पक्राउ
२०७८-०९-२२

पर्सा, २०७८ पुष २२ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी जि. बारा सिम्रौनगढ  न. पा.-४ घर भई हाल वीरगञ्ज म.न.पा.-१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नं. को 200 CC को कालो/रातो रंगको एन.एस. पल्सर मो.सा. ।पक्राउ विवरण:१.    नाम    :    आशिष यादव    उमेर    :    बर्ष २३    ठेगाना    :    वीरगञ्ज म.न.पा.-१४    पक्राउ मिति    :    २०७८/०९/२१ गते    मुद्दा    :    चोरी सम्बन्धी कसुर ।(जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-८ पानीट्याङकी स्थित सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं. १ बस्ने सोनु बाबु गुप्ताको BR22B 0387 भारतीय नम्बरको 97.2 CC को कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मो.सा. चोरी गर्दा गर्दै पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।)    मिति २०७८।०९।२० गते अं. १२:३० बजे जिल्ला पर्सा वी.म.न.पा.-१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प. ८६६९ नं.को 200 CC को कालो /रातो रंगको पल्सर मो.सा. ।पक्राउ विवरण:२.    नाम    :    सबिन चौधरी    उमेर    :    बर्ष १९    ठेगाना    :    जिल्ला बारा कोल्हबी न.पा.-९    पक्राउ मिति    :    २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धी कसुरनिजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।                          अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरुको विवरण:१.    नाम    :    अवधेश महतो    उमेर    :    वर्ष २०    ठेगाना    :    बि.म.न.पा.-१५ र २.    नाम    :    सुवास तिवारीलाई    उमेर    :    वर्ष २१     पक्राउ मिति: २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धि कसुर निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।          

नक्कली कागजातहरू तयार गरी स्थानीय मानिसहरूलाई ठगि गर्ने मानिस पक्राउ
२०७८-०९-२०

धनुषा, २०७८ पुस २० गते । जिल्ला धनुषा जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडी मिति २०७८।०९।१८ गते राती अं. १९;०० बजेको समयमा केही व्यक्तिहरुले आफु लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ भन्ने समेतको सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृत सहितको टोली खटि गई शंकास्पद रुपमा एक जना व्यक्तिलाई फेला पारी नाम, थर, वतन सोधपुछ गर्दा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ को सागर कान्त चौधरी भनी बताएकोमा स्थानिय मानिसहरुको रोहवरमा कानून वमोजिम रित पुर्‍याई निजको शरीर खानतलासी गर्दा निजले लगाएको ज्याकेटको भित्र पट्टीको गोजीमा लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना १, संतोष रायकै नामको शपथ ग्रहण पाना १, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना १, शंकर यादवकै नामको सपथ ग्रहण पाना १, नेपाल ईन्भेष्ट बैंक लि.को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक थान २, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप थान १ फेला परेकोमा बरामद सो कागजात समेतको बारेमा निज सागर कान्त चौधरीसँग सोधपुछ गर्दा लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडिरहेको छु भनी बताउँदा निज सागर कान्त चौधरीलाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०९-१८

पर्सा, २०७८ पुस १८ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१७ गते अं. ००:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना.६ ख. ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को सुरेश कुमार लामालाई नियन्त्रणमा लिई रू. ६५,००,०००।–(पैसठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।०९।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रण
२०७८-०९-१६

 पर्सा, २०७८ पुस १७ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१५ गते अं.०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा प्रदेश नं.२-०३-००१ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. २ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६०,००,०००।– (साठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०९।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-१३

पर्सा, २०७८ पुस १३ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित मिति २०७८।०९।१३ गते अं. १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकास्पदरूपमा पैदल हिंडिरहेका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्ली बस्ने वर्ष १९ को बिक्रम सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

अबैध हतियार सहित १ जना पक्राउ
२०७८-०९-१२

बारा, २०७८/०९/१२ गते । जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ४ चैनपुर टोल बस्ने साबिर देवानको छोरा अं. वर्ष २४ को सनवर देवानले अवैध नलकटुवा बन्दुक बोकी हिँडेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०९/११ गते बिहान अं. ०५:०० बजे इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले निज सनवर देवानलाई ऐ.ऐ. स्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसर भित्र फेला पारी नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा अबैध कटुवा बन्दुक थान-१ र पाइन्टको खल्तीमा ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट फेला परेको हुँदा निजलाई पक्राउ गरी हातहतियार तथा लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।

बालक अपहरण गर्ने मानिस पक्राउ
२०७८-०९-११

धनुषा, २०७८ पुस ११ गते ।  रासलाल मुखियाको १ बर्ष २ महिनाको छोरा कृष्ण मुखिया हराएको (अपरिचित मानिसले अपहरण गरी लगेको)  भन्ने व्यहोराको खबर प्राप्त हुन साथ जि.प्र.का. धनुषाबाट प्र.ना.नि. को कमाण्डमा सदापोशाकको प्रहरी टोली खटी गई खोजतलास गर्दै जाने क्रममा निज बालक कृष्ण मुखियालाई भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टि वडा नं.१० घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १६ पुल चोक स्थित डेरा कोठा गरी  बस्ने बाबुलाल ठाकुरको छोरा बर्ष २५ को सुरेश ठाकुरले अपहरण गरी लगेको खुलेपछि निज बालकको आमा संगीता मुखिया समेतलाई साथमा लिई खोजतलास गर्दै जाने क्रममा जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं.२ स्थित नेपाल भारतको सिमाना नजिकै सुरेश ठाकुरले बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थमा मिति २०७८।०९।०८ गते अं. १६;०० बजेको समयमा फेला परेकोमा निज सुरेश ठाकुरलाई तत्कालै  नियन्त्रणमा लिई बालक कृष्ण मुखियालाई उद्वार गरी बालक कृष्ण मुखियाको आमा संगिता मुखियाको जिम्मा लगाई निज प्रतिवादी सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भईरहेको ।

भन्सार छली ल्याएको सामान सहित मानिस नियन्त्रणमा
२०७८-०९-११

 पर्सा, २०७८ पुस ११ गते । विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी मकवानपुर हेटौंडा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।०९ गते अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडकखण्डमा ना.३ ख. ७४८ नम्बरको मालवाहक मिनि ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त मिनि ट्रक तथा चालक जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका वडा नं. १० बस्ने बर्ष ३७ को प्रेम बहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिई रू. २५,००,०००।– (पचिस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि  मिति २०७८।०९।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अपहरण मुद्दाका फरार कसुरदार पक्राउ
२०७८-०९-०२

 पर्सा, २०७८ पुस ०२ गते, जिल्ला पर्सा गा.बि.स. गम्हरिया वडा नं.३ मा बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा गा.बि.स.रामनगरी वडा नं.२ हाल परिवर्तित बहुदरमाई न.पा.वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५०,०००।– ( पचास हजार ) जरीवाना तोकिएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले मिति २०७८।०९।०१ गते १२;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थितबाट पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको ।पक्राउ विवरण फरार कसुरदार :- बिनोद साह कानुउमेर:- ६५  वर्षठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.८ पक्राउ मिति:- २०७८।०९। ०१ गते ।कैद र जरिवाना-९ वर्ष रू.५०,०००।– जरिवाना  ।मुद्दा:-अपहरण ।

वालिकालाई जबरजस्ती करणी गर्ने मानिस पक्राउ
२०७८-०९-०१

            पर्सा, २०७८ पुस ०१ गते । १६ वर्षीया पीडित बालिकालाई १ महिना देखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।२३ गते कलेज पढ्न जाने क्रममा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ४ टोल डकैला स्थित आफ्नो दिदीको घरकोठामा लगी ऐ. २६ गते सम्म पटक-पटक करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।२८ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाटोल बस्ने अ. बर्ष १९ को नितेश कुमार महतोलाई वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा स्थितबाट सोही दिन नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।निम्न:-पक्राउ विवरण अभियुक्त:- नितेश कुमार महतोउमेर:- १९ वर्ष         ठेगाना:- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६पक्राउ मिति:- २०७८।०८।२८  गते ।मुद्दा:-करणी सम्बन्धी कसूर

बालिकालाई जबरजस्ती करणी गर्ने मानिस पक्राउ
२०७८-०८-२७

पर्सा, २०७८/०८/२७ गते । १६ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।२४ गते विपक्षीले फोन गरी बोलाई वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर स्थित आफ्नै कोठामा लगी सोही दिन राति अं. २२:०० बजे पटक-पटक करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।२६ गतेको जाहेरी दर्खास्तको आधारमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल गाडीगाड बस्ने बर्ष २९ को सतवन्त सिंहलाई जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.११ श्रीपुर स्थितबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ५ (पाँच) म्याद थप गरी अनुसन्धान भइरहेको । पक्राउ विवरण अभियुक्त:- सतवन्त सिंह उमेर:- २९ वर्ष                                                                                         ठेगाना:- भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल पक्राउ मिति:- २०७८।०८।२६  गते । मुद्दा:-करणी सम्बन्धी कसूर

अठार लाख रकम सहित हुण्डी कारोवार गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०८-२७

पर्सा, २०७८।०८।२७ गते । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा मिति २०७८/०८/२६ गते १५:०० बजे घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने वर्ष २८ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू. १८,००,०००।– (अठार लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१० बस्ने वर्ष ४४ को ओमप्रकाश गुप्ता समेत दुई जनालाई उल्लेखित मो.सा. सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको । निम्न पक्राउ विवरण १.क) अभियुक्त:- चन्दन कुमार साह उमेरः- २८ बर्ष ठेगाना:- जि. पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१० पक्राउ मिति:- २०७८।०८।२६ गते । मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर १.ख) अभियुक्त:-ओमप्रकाश गुप्ता उमेरः- ४४ बर्ष ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१०                                                          पक्राउ मिति:- २०७८।०८।२६ गते । मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०८-२७

         पर्सा, २०७८।०८।२७ गते ।  विशेष सूचनाको आधारमा जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले मिति २०७८/०८/२६ गते अं. ०९:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित परवानीपुरबाट हेटौंडातर्फ जान गाडी कुरी बसिरहेका भारत, विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडी टोल बस्ने वर्ष ८० को विजय कुमार कपुरको झोला चेकजाँच गर्दा खैरो रंगको ब्लाङ्केटको झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाईड्रोक्लोराइड ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।निम्न: पक्राउ विवरण अभियुक्त:- विजय कुमार कपुर उमेर:- ८० वर्ष                                                                                                ठेगाना:- भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल पक्राउ मिति:- २०७८।०८।२६  गते । मुद्दा:- लागु औषध सम्बन्धी कसूर ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा लत्ताकपडाहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०८-२४

 पर्सा, २०७८ मंसिर २४ गते ।  विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी पोखरातर्फ लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०८।२२ गते अं. २३:४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडक खण्डमा ना.३ ख. २२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.९ बस्ने वर्ष २५ को सागर रायलाई नियन्त्रणमा लिई रू. ५०,००,०००।–(पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०८।२३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाहरूको उद्दार
२०७८-०८-२४

पर्सा, २०७८ मंसिर २४ गते । झापा जिल्लाबाट अं.२ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नावालक छोराछोरी सहित हराएका १८ र १९ बर्षीय २ जना युवतीहरूको खोजतलास गर्दै जाने क्रममा निजहरू भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आए बमोजिम मिति २०७८।०८।२३ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी निज चारैजनालाई उक्त स्थानबाट उद्दार गरी ल्याइएको ।      साथै उक्त मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको ।

खुन डाँका र कर्तव्य ज्यान (दुई वटा) मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२२

सप्तरी, २०७८ मंसिर २२ गते । जिल्ला सप्तरी टिकुलिया गा.बि.स. वडा नं. ७ घर भई जिल्ला सप्तरी कुसहा गा.बि.स. वडा नं. ६ बस्ने ऐनुल मियाँको छोरा बर्ष ३५ को मोहमद सकिल हुसेनले जाहेरवाली जिल्ला सप्तरी टिकुलिया गा.बि.स. वडा नं. ९ घर भई जिल्ला सप्तरी पटेर्वा गा.बि.स. वडा नं. १ बस्ने कैली खातुनको छोरा मोहमद आलम मियाँ कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका लाई छुटाई दिन्छु, चार लाख रुपैयाँ खर्च गर्नु पर्छ मलाई काठमाण्डौमा चिनजान छ भनि कुराकानी हुँदा रु. ३,००,०००/- (तीन लाख) मा कुराकानी मिली उक्त रुपैयाँ मोहमद सकिल मियाले जाहेरवाली कैली खातुनबाट लिई मिति २०६९/०६/१० गते सोही मुद्दामा सम्बन्धमा सल्लाह गर्न काठमाण्डौं जानु पर्छ भनि जाहेरवालीको श्रीमान सहबुद मियाँ, बुहारी सगिरा खातुनलाई बोलाई निज मोहमद सकिल हुसेन मियाँले लगेकोमा सोही मिति देखि सहबुद मियाँ, सगिरा खातुन हराई वेपत्ता बनाई जिल्ला सप्तरी कल्याणपुर गा.बि.स. वडा नं. ८ स्थित निज मो. सकिल हुसेन मियाँको कुखुरा फारममा  कर्तव्य गरी मारी खाल्डोमा पुरी दिई मिति २०७२।०२।०६ गते उत्खनन गर्दा सहबुद मियाँ, सगिरा खातुनको मानव कंकाल फेला परेको कर्तब्य ज्यान मुद्दामा संलग्न रहेका फरार प्रतिवादी जिल्ला सप्तरी साबिक पटेर्वा गा.बि.स. वडा नं.५ हाल सुरुङगा न.पा. वडा नं. १० थलाहा बस्ने बुदुर मियाँको छोरा बर्ष ६० को गुल्जार मियाँलाई मिति २०७८।०८।२१ गते जि. सिरहा सखुवनन्कारकट्टी गा.पा. वडा नं. १ महेशवारी टोल स्थितमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको ।     साथै भुली देवी मुखियाको छोरी दुलारी देवी साह र ज्वाईं धिरेन्द्र साह कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागी कारागारमा रहेकोमा केही समय पछी छोरी दुलारी देवी साह तारीखमा छुटेकोमा श्रीमानको मुद्दा मिलाउने र कारगारबाट छुटाउने क्रममा मो. सकिल हुसेनसंग भेटघाट हुँदा तिम्रो श्रीमानलाई छुटाई दिन्छु भनि निजको जग्गा बिक्री गरी गराई रु. ६ लाख रुपैयाँ तयार पारी निज मो. सकिल हुसेन मियाँले मिति २०७० मंसिर महिनाको पहिलो हप्ता तिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देवी साहलाई साथमा लिई गएकोमा सोही समय देखि निज दुलारी साह हराई वेपता भएकोमा मिति २०७२।०१।२७ गते जिल्ला सप्तरी साबिक जण्डौल गा.बि.स. वडा नं. ८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा निज दुलारी देवी साहको मानव कंकाल फेला परेको खुनडाँका मुद्दामा संलग्न रहेका फरार प्रतिवादी जिल्ला सप्तरी साबिक पटेर्वा गा.बि.स. वडा नं.५ हाल सुरुङगा नगरपालिका वडा नं.१० थलाहा बस्ने बुदुर मियाँको छोरा बर्ष ६० को गुल्जार मियाँलाई मिति २०७८।०८।२१ गते  जि. सिरहा सखुवनन्कारकट्टी गा.पा. वडा नं. १ महेशवारी टोल स्थिमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको ।

चोरीको मोटरसाईकल सहित एक जना मानिस पक्राउ
२०७८-०८-२१

पर्सा, २०७८ मंसिर २१ गते । जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिज वीरगञ्ज पर्साको नाममा दर्ता रही कामदार जिल्ला बारा फेटा गाउँपालिका वडा नं. १ गुड्डु कुमार गिरीलाई कामको सिलसिलामा आवत जावत गर्नको लागी दिएको चेसिस नं.MBLHA10EZA9J06748 ईन्जिन नं.HA10EFA9J03770  भएको ना.१६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाईकल मिति २०७८।०८।१४ गते १५;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएकोमा अनुसन्धान तथा खोजतलासको क्रममा मिति २०७८।०८।२० गते १६;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा चोकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उल्लेखित मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी बरामद गरी चोरीमा संलग्न मध्येका जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १८ बस्ने वर्ष १८ को सोनालाल यादवलाई मो.सा. सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको  ।

खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना मानिसहरू नियन्त्रणमा
२०७८-०८-२०

पर्सा, २०७८ मंसिर २० गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मोटरसाईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने मिति २०७८।०८।१९ गते अं.१६:०० बजे प्राप्त सूचना अनुसार उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो NS पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको हुँदा उक्त मो.सा. धनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० घडिअर्वा बस्ने वर्ष २६ को रामबाबु ठाकुर, ना.५६ प ५४१७ नम्बरको मो.सा. र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको  ।               साथै उक्त घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २१ को सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  । 

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिबादी पक्राउ
२०७८-०८-१६

सप्तरी, २०७८ मंसिर १६ गते । कमरुल मियाँको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सप्तरी साबिक कल्याणपुर गा.बि.स.वडा न.०४ बस्ने जैनुल मियाँको छोरा बर्ष ३५ को मो.मिष्टर अंसारी ज्यान मार्ने उधोग मुद्धामा सम्मानित सप्तरी जिल्ला अदालतको  मिति २०७५।०३।१० गतेको फैसला अनुसार ५ बर्ष कैद तोकीएका फरार रहेका प्रतिबादी जिल्ला सप्तरी साबिक कल्याणपुर गा.बि.स.वडा न.०४ बस्ने जैनुल मियाँको छोरा बर्ष ३५ को मो.मिष्टर अंसारीलाई  ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।१५ गतेका दिन गाउँ घरमा नै फेला पारी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराउदा निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी चलान गरेको ।  

४ वर्षे बालकलाई कर्तव्य गरी मार्ने मानिसहरू कारागार चलान
२०७८-०८-१५

धनुषा, २०७८ मंसिर १३ गते । जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ डिल टोल बस्ने मजिबुल मिया कवारीको छोरी मुस्कान खातुनको मिति २०७८।०७।०९ गते विवाह रहेकोमा सोही विवाहमा भारतको जिल्ला मधुवनी देउधा ग्राम पंचायत वडा नं. १४ वस्ने मोहम्मद अतावुल राईनको श्रीमती जुमैदा खातुन र निजको छोरा बर्ष अन्दाजी ४ को मोहम्मद अरमान राईन समेत आएकोमा बिवाहको भिडभाड रहेको अवस्थामा निज मो. अरमान राईन आफ्नो आमालाई पछ्याउँदै जिल्ला धनुषा गाणेशमान चारनाथ न.पा.वडा नं.११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्ली केरा घारी छेउमा एक्लै रुदै वसेको अवस्थामा ऐ. अं.१४:०० वजेको समयमा निज प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई थाहा जानकारी नदिई अपहरण गरी आफ्नो घरको कोठामा लगी प्रतिवादी नुरेजा खातुन र जाकिर मलङ्गले मो. अरमान राईनको नाक मुख समेत आफ्नो हातले थुनी घाटी समेत थिची निजले लगाएको सर्ट (कपडा ) खोली सो सर्ट घाँटीमा कसी कर्तव्य गरी मारी सोही रातीको बिहान अं.०२:३० वजेको समयमा मो.अरमान राईनको मृत लाश प्रतिवादी जाकिर मलङ्गले बोकी जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.वडा नं.२ स्थित रहेको लाल बिहारी महतोको पानी पोखरीमा फालेको अवस्थामा स्थानिय मानिसहरुले खोजतलासको क्रममा मिति २०७८।०७।१० गते १६:०० वजेको समयमा फेला पारेको हुँदा निज प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनललाई खोज तलाश गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मिति २०७८।०७।१६ गते पक्राउ गरी सम्मानित धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेकोमा अनुसन्धना पश्चात निज प्रतिवादी जाकिर मलङ्ग र नुरेजा खातुन समेतलाई धनुषा जिल्ला अदालत धनुषामा पेश गरेकोमा मिति २०७८।०८।१३ गते धनुषा जिल्ला अदालतको आदेशानुसार निज दुवै जनालाई  पुर्पक्षको लागी कारागार कार्यालय सिन्धुली पठाईएको ।

जबरजस्ती करणी २ मानिस पक्राउ
२०७८-०८-१४

पर्सा, २०७८ मंसिर १८ गते । १७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।१० गते अन्दाजी १७.०० बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं. २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति अं. २२;०० बजे करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।१२ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा बी.म.न.पा.७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई ऐ.१२ गते १५;०० बजे निजकै घरठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको ।            यसै गरि १४ वर्षीया बालिकाका अभिभावक उपचारको क्रममा बीरगञ्ज आएको र घरमा पीडितका स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानूले मिति २०७८।०८।११ गते साँझ १९;३० बजे पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा निज प्रभु साहलाई मिति २०७८।०८।१२ गते नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा दिन ७ ( सात) म्याद थप गरी अनुसन्धान भइरहेको समेत जानकारी गराइन्छ ।

अबैध लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिसहरु नियन्त्रणमा
२०७८-०८-०५

सिरहा, २०७८ मंसिर ०५ गते ।  जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोमा मिति २०७८।०८।०४ गते अं.२०:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव तथा ऐ.बस्ने बर्ष २० को कपिल महरा समेतको साथबाट अबैध लागू औषध ब्राउन सुगर ४ ग्राम ५५० मिलि ग्राम, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट  र २ थान मोबाईल सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।  

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०८-०५

 पर्सा, २०७८ मंसिर ०५ गते ।  सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०८।०४ गते अं.१८:३० बजे जिल्ला पर्सा छिपरमाई गाउँपालिका वडा नं.४ बन्जारी पुल स्थित सडकखण्डमा सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको चेकिङग टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना.४५ प. ११६४ नम्बरको मोटरसाइकलमाथि शंका लागि रोकी मो.सा.चालक जिल्ला पर्सा धोविनी गाउँपालिका वडा नं.२ आसवारी बस्ने बर्ष २६ को दिवाकर कुमार साहको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको सेतो नाइलनको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ४५० एम्पुल, डाइजोपाम ४५० एम्पुल र प्रोमिफाइजाम हाईड्रोकोलोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध तथा मो.सा.बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

तस्करी गरी भण्डारण गरेका लत्ताकपडाहरू बरामद
२०७८-०८-०१

पर्सा, २०७८ मंसिर १ गते । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा तस्करीमा सलंग्न व्यक्तिहरूले विभिन्न किसिमका लत्ताकपडाहरु भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई भण्डारण गरी राखेको भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०७।२९ गते १०:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घरमा कोठा भाडामा लिई बस्ने हाल नाम थर वतन नखुलेको व्यक्तिको कोठा रीतपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमका लत्ताकपडाहरू भण्डारण गरी राखिएको फेला पारी बरामद गरी रू. ४,२८,३००।– (चार लाख अठाइस हजार तिन सय) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको।

२ महिलालाई जबरजस्ती करणी उद्योग गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०७-२८

पर्सा, २०७८ कात्तिक २८ गते ।  पीडितहरू क्रमशः ३८ वर्षीया महिला तथा निजकी २० वर्षकी जेठी छोरी आफ्नै घरमा बसिरहेको अवस्थामा मिति २०७८।०७।२५ गते १३:३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीन निज पीडितहरूको घरमा अन्य ६|७ जना मानिसहरू साथ लिई गई अन्य व्यक्तिलाई घरबाहिर राखी आफू घरभित्र प्रवेश गरी एक्कासी छोरीलाई आक्रमण गरी निजको सल च्याती फालिदिई आपराधिक बल प्रयोग गरी खाटमा लडाई निजको भित्री वस्त्रसमेत लुगा खोली जबरजस्ती करणी गर्ने उद्योग गरेकोमा पीडित आमाले प्रतिकार गर्न खोज्दा उल्टै आमाको समेत ब्लाउज च्याती निजलाई समेत लडाई ज.क. गर्ने खोजेको; यसक्रममा परिवारको अन्य १ जना सदस्यसमेत आई तीन जना मिली निजको प्रतिकार गर्दा करणी गर्न नपाएको घटनाको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मिति २०७८।०७।२६ गते १८:०० बजे जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. १ स्थितबाट निज शेख सलाउद्दीनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको । साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको ।

अबैध हतियार र गोली सहित १ जना मानिस पक्राउ
२०७८-०७-२८

बारा, २०७८ कात्तिक २८ गते । जिल्ला बारा बारागढी गा.पा. ३ खोपवा बजार स्थित झै-झगडा भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०७/२५ गते राती अं. २०:२० बजे ईलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा झगडा गर्ने मानिसहरू तितर बितर भएको र सोही स्थानमा प्रदेश नं.-३-०२-०१०प ७१२३ नं. को मोटरसाइकलमा शंकास्पद अवस्थामा बसिरहेका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ५ बगडमपुर टोल बस्ने रामएकवाल प्रसाद जयसवालको छोरा वर्ष ३५ को मनोज प्रसाद जयसवालको शरीर चेकजाँच गर्दा निजले कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १ राउण्ड गोली लोड रहेको अवैध नलकटुवा बन्दुक थान-१ फेला परेको हुँदा बरामद गरी निज मनोज प्रसाद जयसवाललाई पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।

मोबाईल पसलको सटर फुटाई चोरी गर्ने व्यक्ति पक्राउ
२०७८-०७-२८

पर्सा, २०७८ कात्तिक २८ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १३ वर्ष ४८ को साहेव प्रसाद साहको जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर स्थित रेयान्स रौनक ट्रेडर्स नामको मोबाईल पसलमा मिति २०७७।१२।०१ गते बिहान ०२:५८ बजे सटर फुटाई अं. मू. रू. १०,६०,४०४।– (दश लाख साठ्ठी हजार चार सय चार) रूपैया बराबरको मोबाइलहरू चोरी भएको घट्नाको अनुसन्धानको क्रममा उक्त चोरीमा सलंग्न भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं.२३ बस्ने वर्ष २० का निरज कुमार यादवलाई मिति २०७८।०७।२५ गते अं. १२;०० बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १६ शंकराचार्य गेटबाट चोरी भएको मोबाइलहरू Oppo A15S थान-१, Samsung A20s थान-१, Poco x3 थान-१ र Redmi note 9 pro थान-१ सहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ।

अवैध लागू औषध (नाईट्रोभेट) सहित मानिस नियन्त्रणमा
२०७८-०७-२६

सिरहा, २०७८ कात्तिक २६ गते ।  जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. ४ स्थितमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले मिति २०७८।०७।२४ गते अं. १३:४५ बजेको समयमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १९ बस्ने अं. बर्ष २१ को प्रेम मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) सहित निज मानिसलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भईरहेको ।

मोटरसाइकल चोरी गर्दागर्दै २ व्यक्तिहरू पक्राउ
२०७८-०७-२६

पर्सा,२०७८ कत्तिक २६ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना. २९ प. ६७९० नम्बरको 180 CC को कालो र रातो रंगको पल्सर मोटरसाइकल मिति २०७८।०७।२३ गते अं.२०:३० बजे समयमा जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १५ भिष्वा बस्ने वर्ष २२ को सुरज सहनी  र ऐ. बस्ने वर्ष १९ को सुजित सहनीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उक्त मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

लागु औषध गाँजा सहित एक जना मानिस पक्राउ
२०७८-०७-२३

पर्सा, २०७८ कार्तिक २३ गते । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०७।२१ गते अं.१६;०० बजे जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.४ स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले कालो प्लाष्टिकको झोला हातमा लिई शंकास्पद रूपमा पैदल हिंडिरहेको निम्न व्यक्तिलाई रोकी रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोलामा लागु औषध गाँजा १ के.जी. फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको । पक्राउ विवरण १.अभियुक्त:- रामचन्द्र महत्तोउमेर:- ६० वर्ष             ठेगाना:- जि.पर्सा छिपहरमाई गा.पा.वडा नं.२पक्राउ मिति:- २०७८।०७।२१  गते ।मुद्दा:- लागु औषध सम्बन्धी कसूर ।

अबैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०७८-०७-२३

बारा, २०७८ कार्तिक २३ । जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०७/२१ गते राती अं.२१:०० बजेको समयमा जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर स्थित कलैया, मटिअर्वा सडक खण्डमा कलैयातर्फबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा.२५ प ११९५ नम्बरको मो.सा. रोकी चेकजाँच गर्दा चान्द किशोरले चलाएको तथा प्रभु राम बसी आएको मो.सा.को बीचमा प्लाष्टिक झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा करिब २ के.जी. (१ किलो ९०० ग्राम) अवैध लागू औषध गाँजा फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको । पक्राउ मानिस विवरण १.जिल्ला कलैया उ.म.न.पा.वडा नं.१६ बस्ने बद्री रामको छोरा अं.वर्ष २१ को चान्द किशोर राम ।२. ऐ.ऐ. बस्ने अ. बर्ष ३२ को प्रभु राम ।

बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना मानिस पक्राउ
२०७८-०७-२३

 पर्सा, २०७८ कार्तिक २३ गते । सूचना परिचलान तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०७।२२ गते १३:३० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. ५ नकटुवा बस्ने वर्ष ३१ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.२०,००,०००।– (बीस लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित मो.सा. सहित निजलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान भईरहेको ।पक्राउ विवरणअभियुक्त:-चन्दन कुमार साहउमेरः-३१ बर्षठेगाना:-जि.बारा बिश्रामपुर गा.पा.वडा नं.५ नकटुवा    पक्राउ मिति:- २०७८।०७।२२ गते ।मुद्दा:-बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर

अवैध औषधी सहित २ जना मानिस नियन्त्रणमा
२०७८-०७-१५

सिरहा, २०७८ कात्तिक १५ गते । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १९ कटहा चौक स्थित मिति २०७८।०७।१४ गते अं.२२:३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००१ ह. ०६७३ नं.को टेम्पुलाई चेकजाचँ गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको १४ कार्टुनमा LYCOTONE नामको २२५ एम.एल.को १०६२ बोतल अं. मुल्य रु. ३,३९,८४० ।- (तिन लाख उनन्चालिस हजार आठ सय चालिस) बराबरको अबैध औषधी, टेम्पु र जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका- ५ बस्ने बर्ष १८ को राकेश कुमार यादव, टेम्पु चालक जिल्ला सिरहा लहान नगरपालिका-१ बस्ने बर्ष २२ को सत्रुधन राम समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी, सिरहामा बुझाईएको ।

जालीनोट सहित एक जना ब्याक्ति पक्राउ
२०७८-०७-१२

महोत्तरी, २०७८ कार्तिक १२ गते । जिल्ला महोत्तरी, गौशाला नगरपालिका वडा न. ९ डुमरवाना घर भई गौशाला नगरपालिका वडा न.५ गौशाला बजार स्थित महावीर दासको घरको भुईं तल्लामा एउटा कोठा डेरा गरी बस्ने अं. बर्ष ४४ को सुकन महतोले जालीनोट बनाउन प्रयोग हुने उपकरण सहित बिभिन्न दरका नेपाली र भारतीय नोट छापेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७८/०७/११ गते अं. ००:१० बजेको समयमा ई.प्र.का.गौशाला, महोत्तरीबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोली पैसा बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू तथा सक्कली नेपाली तथा भारतीय नोटहरू बरामद गरी उक्त कार्यमा संलग्न सुकन महतोलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।बरामद गरिएको दशीको विवरण ;-१) नेपाली तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको नोट रू. ८,८२,४२०/-२) भारतीय बिभिन्न दरको कटिङ गरिएको र नगरिएको नक्कली नोट भा.रू. २,७७,९७०/-३) विभिन्न दरको नेपाली सक्कली नोट रू. ५,०७०/-४) विभिन्न दरको भा.रू. सक्कली नोट रू. २६/-५) कैची थान-१६) EPSON  लेखेको प्रिन्टर मेशिन थान -१७) रवर स्टाम्प थान-१८) लालीगुराँस छाप भएको फलामको ढ्याक थान-३ र महात्मागान्धी भएको फलामको ढ्याक थान-१ ९) कम्प्युटर  पेपर ३ रिम१०) काठको ट्रेस फर्मा थान-२११) सिमकार्ड नं. ९८१७६०४०७७ भएको ITEL Company को मोवाईल थान-१ ।वतनः- जिल्ला महोत्तरी, गौशाला न.पा. वडा नं. ९ डुमरवाना घर भई ऐ. गौशाला न.पा.         वडा नं.५ स्थित गौशाला बजार स्थित महावीर दासको घरमा डेरा लिई बस्ने ।                                                          बर्ष ४४ को सुकन महतो।

पर्सा देवाडमा गोली प्रहार गरी डाँका गरेको व्यक्ति पक्राउ
२०७८-०७-१२

महोत्तरी, २०७८ कार्तिक १२ गते । जिल्ला महोत्तरी, सम्सी गाउँपालिका वडा नं. १ पर्सा बजार बस्ने अं. वर्ष ५७ को बिरेन्द्र साहले आफ्नो घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा मिति २०७८/०३/०३ गते बिहानको राती अं. ०१:०० बजे समयमा अं. ९/१० जनाको संख्यामा आएको नामथर वतन नखुलेको डाँकाहरु घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी निज बिरेन्द्र साहको श्रीमती शुशिला देवी, निजको छोराहरू शम्भु साह, राजिव साह र छोरी कंचन कुमारी समेतलाई रड समेतले प्रहार गरी घाईते बनाएको र कटुवा पेस्तोलले बिरेन्द्र साहको ढाडमा गोली प्रहार गरी घाईते बनाई अं.मुल्य रु. ८,९७,२००/- बराबरको नगद तथा सुनचाँदीका गरगहना डाँका गरी लगेको, उक्त घटनामा संलग्न व्यक्तिहरूको बारेमा बुझ्दै खोज तलास गर्दै जाने क्रममा घटनामा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार कारी पासवान भन्ने बिश्वनाथ पासवानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०७/१० गते दिनको अं. १६:०० बजेको समयमा जिल्ला महोत्तरी, सोनमा गाउँपालिका वडा नं. ३ रघुनाथपुर स्थितमा घुमफिर गरी रहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भईरहेको ।निज कारी पासवान भन्ने विश्वनाथ पासवान समेत संलग्न भई घटाएका अन्य घटनाहरूः-१) मिति २०६६/०१/०७ गते प्रतिवादीहरू कारी पासवान समेत व्यक्तिहरू भई राम किशोर महतो समेतलाई रोकी निजको साथमा रहेको नगद रू ७,५०,०००/- लुटी लिएकोमा प्रहरी टोलीले चेकजाँचको क्रममा तत्काल पक्राउ प्रतिवादीको साथबाट नगद रू. १०,९७,१२०/- र अबैध हातहतियार फेला परेकोमा निज कारी पासवान समेत उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डाँका तथा हातहतियार सम्बन्धी मुद्दा चलेको ।  २) मिति २०६४/०५/१९ गते लालबन्दीबाट नयाँरोड हरीवन तर्फ गईरहेको ना. २ ख. ८७८५ नम्बरको ट्रकलाई दलित जनजाति पार्टीका कार्यकर्ता दिलिप पासवान समेतका १४ जना भई उक्त ट्रकको अगाडीको सिसा फुटाई क्याबिनमा बम प्रहार गरी आगो लगाई क्षति पुर्‍याएकोमा ईलाका प्रहरी कार्यालय हरीपुर, सर्लाहीबाट कारी पासवान समेत उपर बम बिष्फोटक शिर्षकमा मुद्दा चलेको ।३)  मिति २०७३/०३/०१ गते जिल्ला सिरहा, मिर्चैया-७ बस्ने रामेश्वर पासवान समेतका प्रतिवादीहरूले जाहेरवालाको घरमा हातहतियार बोकी प्रवेश गरी देखाई धाक धम्की दिई मुल्य रू. २,१७,८२५/- बराबरको सुनचाँदी लगायतका अन्य सामान डाँका गरी लगेकोमा जि.प्र.का. सिरहाबाट प्रतिवादी कारी पासवान समेत उपर डाँका तथा हातहतियार शिर्षकमा मुद्दा चलेको ।४) प्रतिवादी सन्तोष पासवान समेतले भारतीय नं. को स्कार्पियो गाडीमा आई जाहेरवाला जिल्ला सर्लाही, धनगडीमाई-४ बस्ने प्रदिप कुमार साहको घरकोठामा प्रवेश गरी कुटपिट समेत गरी अपहरण गर्न खोज्दा स्थानिय मानिसहरुले देखी अन्य व्यक्तिहरू गाडीमा चढी भागेको र सो मध्येको सन्तोष पासवान पक्राउ परेकोमा निज ई.प्र.का. गोलबजार, सिरहाबाट निज कारी पासवान समेत उपर अपहरण वा शरीर बन्धक शिर्षकमा मुद्दा चलेको । ५) मिति २०६४/०७/२० गते कुल्लाह पासवान समेतले चन्द्रमणी कण्डेलको घरबाट नगद रू. ३०,०००/-, सुनको गर गहना-८ तोला, क्यामरा, मोबाईल समेत चोरी गरी लिई गएकोमा निज कारी पासवान समेत उपर ई.प्र.का. बुटवलमा चोरी मुद्दा दर्ता चलेको ।

लागु औषध wincirex, नाईट्राभेट ट्याब्लेट सहित दुई जना मानिस पक्राउ
२०७८-०७-०८

 पर्सा, २०७८ कार्तिक ०८ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०७।०७ गते अं.२३:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ वाईपास जय माँ वैष्णवदेवी मन्दिर अगाडि जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी गणेशटोल तथा जि.प्र.का. पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४च. १०२१ नम्बरको TATA IDICA कारलाई रोकी जाँच गर्ने क्रममा लागु औषध Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सो गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेकोले उक्त लागु औषध बरामद गरी निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको । निम्न:-पक्राउ विवरण १.अभियुक्त:- सुमन न्यौपाने  उमेर:- २६ वर्ष             ठेगाना:- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.३पक्राउ मिति:- २०७८।०७।०७  गते ।मुद्दा:- लागु औषध सम्बन्धी कसूर । २.अभियुक्त:- रोशन लामा  उमेर:-२८ वर्ष             ठेगाना:- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.३पक्राउ मिति:- २०७८।०७।०७  गते ।मुद्दा:- लागु औषध सम्बन्धी कसूर ।

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१४

पर्सा, २०७८ असोज १४ गते । जिल्ला पर्सा बी.म.न.पा.-४ गणेशमान चोकस्थित मिति २०७६।०५।२० गते बिहान ०६:२०बजे समयमा सार्वजनिक सडकमा पीडित १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा संलग्न भई सोही दिन पक्राउ परेका प्रतिवादी जिल्ला रौतहट साविक नरकटिया गा.वि.स. वडा नं. २, परिवर्तित परोहा गाउँपालिका वडा नं. ७ घर भई हाल बसाइँसराइ गरी बी.म.न.पा.-२, छप्कैया बस्ने वर्ष १९ (तत्काल-१७ वर्ष) का समशाद मियाँको विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पुर्पक्षको लागि बालसुधार गृह गएकोमा कोभिड-१९ को पहिलो लहरको प्रकोपका कारण मिति २०७६।१२।११ गतेको सम्मानित अदालतकै आदेशानुसार मिति २०७६।१२।१२ गते निजको संरक्षकको जिम्मा लगाइएको; मिति २०७७।११।२६ गते सम्मानित पर्सा जिल्ला अदालतले निजलाई बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेकोमा फैसला कार्यान्वयन गर्ने सिलसिलामा फरार रहेका निज समशाद मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरी मिति २०७८।०६।१३ गते बी.म.न.पा.-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको ।

भन्सार छली ल्याएका सर-सामानहरु सहित पिकअप गाडी नियन्त्रण
२०७८-०६-१४

रौतहट,२०७८ असोज १४ गते । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य मिति २०७८।०६।१३ गते अं. ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ स्थितमा ना.१ ज. ३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनी लगायतका अन्य किराना सर-सामनहरु लोड गरी जाँदै गरेको अवस्थामा शंका लागी रोकी चेक जाँच गर्दा गाडीमा सवार रहेका भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ३ बस्ने बर्ष ३५ को जोत नारायण साहसंग बिल बिजक माग गर्दा नदिएकोले गाडीमा लोड रहेको अं. मुल्य रु. १,७३,०००/- (एक लाख त्रिहत्तर हजार) बराबरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारले-जी बिस्कुट र अं. मुल्य रू. ३,००,०००/- (तीन लाख) बराबरको पिकअप गाडी समेत गरि जम्मा अं. मुल्य रु. ४,७३,०००/- (चार लाख त्रिहत्तर हजार) बराबरको विभिन्न माल बस्तुहरु आवश्यक कारवाहीको लागी मिति २०७८।०६।१३ गते गौर भन्सार कार्यालयमा बुझाईएको ।

कर्तव्य ज्यान मुद्दाका सर्वश्व सहित जन्म कैद तोकिएका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१३

सप्तरी, २०७८ असोज १३ गते । जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नं. ८ बस्ने जाहेरवाला ललन कुमार सिंहको छोरा पिन्टु भन्ने रामएकवाल सिंहलाई प्रतिबादी मनोज कुमार यादव समेतले मिती २०६५।०१।०२ गतेका दिन अं. २०:४५ बजेको समयमा बन्चरो समेतले प्रहार गरि कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७४।०९।१७ गतेको फैसला अनुसार सर्वश्व सहित जन्म कैद तोकिएको फरार रहेका प्रतिवादी जिल्ला सप्तरी साबिक ईटहरी बिष्णुपुर गा.बि.स. वडा नं. ८ हाल बिष्णुपुर गाउँपालिका वडा नं. ६ बस्ने राम चरित्र यादवको छोरा बर्ष अं. ४० को मनोज कुमार यादवलाई जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०६।१२ गते जिल्ला सप्तरी राजबिराज नगनरपालिका वडा नं. ६ स्थितमा फेला पारी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी चलान गरेको ।

हिरासत कक्षबाट फरार रहेका थुनवा पक्राउ
२०७८-०६-१०

सिरहा, २०७८ असोज १० गते । लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका जिल्ला सिरहा नवराजपुर गा.पा. वडा नं. १ बस्ने बर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव मिति २०७८।०३।२६ गते बिहान अं.०१:५० बजेको समयमा हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०६।०९ गते बिहान अं. ०५:०० बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा. वडा नं. १ मौवाहीको लच्कापुलबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको ।

८३ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ
२०७८-०६-१०

बारा, २०७८ असोज १० गते । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोली मिति २०७८/०६/०८ गते दिउँसो अं. १५:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. वडा नं.१६ स्थित पुर्व-पश्चिम राजमार्गबाट काठघाट जाने सडक खण्डमा पुग्दा लागू औषध गाँजा बोकी आएका तस्करहरूले प्रहरी टोलीलाई देखी पिठ्युमा बोकी आएको अवैध लागू औषध गाँजाको बोरा फाली भाग्ने क्रममा सो मध्येका ऐ.ऐ. टाङगिया बस्ती टोल बस्ने बर्ष ४१ को रुक बहादुर रुम्बालाई प्रहरीले फेला पारी पक्राउ गरी निज समेत फाली भागेको ४ बोरा (८३ किलो ग्राम) अवैध लागू औषध गाँजा, बा. ३७ प. ९६८१ नं. को मोटरसाइकल र साइकल थान-१ समेत बरामद गरी फरार भएका अन्य व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी पक्राउ गर्ने लगायतको थप अनुसन्धान भइरहेको ।

विभिन्न लागु औषध सहित ४ जना मानिसहरू पक्राउ
२०७८-०६-०७

पर्सा, २०७८ असोज ०७ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा मिति २०७८।०६।०६ गते १४;०० बजे को समयम जिल्ला प्रहरी कार्यालय पर्सबाट खटिएको टोलीले शंकितरूपमा पैदल हिडिरहेको जिल्ला बर्दिया गुलरिया घर भई हाल चितवन भ.म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को राजेश थारु र जि.चितवन भ.म.न.पा.वडा नं.७ बस्ने बर्ष ३२ को सुरेश नेपालीलाई शंका लागि रोकी जाँच गर्दा निजहरूले बोकेको दुईवटा रसबरी मिठाइको डब्बा भित्र लुकाइछिपाई ल्याएको लागु औषध Winpirex Syrup -100 ml को १२० बोतल फेला परेकोले उल्लेखित लागु औषधहरु बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।यसै गरी पर्सा, २०७८।०६।०५ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट स्थित सडकमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकितरुपले पैदल हिँडिरहेका जिल्ला सर्लाही लालबन्दी नगरपालिका-२ वस्ने सुरज पासवान र जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका-१६ बस्ने बर्ष २१ को लक्ष्मण बिष्टलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट लागू औषध खैरो हिरोईन ३.४० ग्राम (६ पुरिया) फेला परेको हुँदा उल्लेखित लागू औषध बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई मिति २०७८।०६।०६ गते सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

भन्सार छली गरी ल्याएको खुद्रा सामानहरु सहित ट्रक र मानिस नियन्त्रणमा
२०७८-०६-०७

पर्सा, २०७८ असोज ०७ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ लालबंगला अगाडि सडक हुँदै मिति २०७८।०६।०५ गते अ.२३:५० बजेको समयमा ना.२ ख. ९७३७ नम्बरको मालवाहक ट्रकमा मेडिकल सामानहरु र खुद्रा सामानहरु भन्सार छली गरी वीरगञ्जबाट जनकपुरतर्फ लाँदै गरेको भन्ने विशेष सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालबस्तुहरुको बिलविजक नरहेकोले उक्त ट्रक चालक जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ बस्ने बर्ष ४२ को प्रमानन्द प्रसाद कुर्मी सहित नियन्त्रणमा लिई सामान तथा ट्रकको रू.६०,००,०००।– (साठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०६-०५

पर्सा, २०७८ असोज ०५ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ बस्ने रोहित साह कानुले बढी नाफा कमाउने उद्देश्यले आफूले संचालन गरेको अन्नपुर्ण मसला उद्योगको मसलाहरूमा Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा विक्री वितरण गर्ने गरेको सूचना प्राप्त भई वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२८ रहेको बर्ष ३० को रोहित साह कानुले संचालन गरेको सबैठवा स्थित अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी गर्दा तयारी Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६५४ पोका, तयार पार्नको लागि राखिएको कच्चा मसलाहरू १० बोरा तथा मसला पिस्ने मेसिन थान-१ र Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू समेत बरामद गरी मिति २०७८।०६।०३ गते २०:०० बजे निज रोहित साह कानुलाई नियन्त्रणमा लिई मिति २०७८।०६।०४ गते सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

४० किलो चाँदी सहित एक जना मानिस पक्राउ
२०७८-०६-०५

रौतहट, २०७८ असोज ०५ गते । जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मिति २०७८।०६।०५ गते बिहान अं. ०७:३० बजेको समयमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट पश्चिम तर्फ आउँदै गरेको जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३५ को बिध्यानन्द साह सोनारले दुबै हातमा कालो रंगको झोला बोकी हिंडीरहेको अवस्थामा शंका लागि रोकी दुबै हातमा बोकेको झोलाहरु खोल्न लगाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स-साना धातुका टुक्राहरु फेला परेकोले बिध्यानन्द साह सोनारलाई नियन्त्रणमा लिई उक्त धातुहरु बरामद गरी सुन चाँदी व्यवसायी संघबाट परीक्षण तथा तौल समेत गराउँदा उक्त धातु चाँदी रहेको र वजन ४० के.जी. तथा सोको आजको मूल्य रू. ३९,४४,०००।- (उन्नचालिस लाख चवालिस हजार) भनि खुल्न आएको हुँदा, मानिस र बरामद भएको चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको ।

भ्रामक समाचार सम्बन्धमा
२०७८-०६-०५

उपरोक्त सम्बन्धमा मिति २०७८ असोज ५ गते मंगलबार ०८:०४ बजे Onlinenews7 मा “घुमुवाले मात्र होईन, महिलाले पनि उठाउँछिन डिआईजीको पैसा” शिर्षकमा प्रकाशित समाचार एवं अन्य विभिन्न Media मा एकै प्रकृतिको भ्रामक समाचार प्रति यस २ नं. प्रदेश प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उल्लेखित समाचार आधारहिन, झुठा, कपोल्कल्पित, भ्रामक, संगठनप्रति बदनामी गराउने तवरको भएको तथा उक्त समाचारहरुमा कुनै पनि सत्यता नभई एकजना महिलाले प्र.ना.म.नि. ज्यूको नाम जोडेर निहित स्वार्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उदेश्यका लागि काम गर्न खोजेकोले निज महिलालाई पक्राउ गरी हाल ई.प्र.का. गरुडा, रौतहटमा राखी थप अनुसन्धान भैईरहेको एवं निज महिला उपर कसुर अनुसारको कानुनी कारवाही हुने व्यहोरा जानकारीको लागि सुचित गराईएको छ ।