प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१०-११

         पक्राउ विवरण अभियुक्त      :-      भनु यादव भन्ने मुन्ना प्र.यादव उमेर            :-      २० वर्ष                                                                        ठेगाना          :-       जि.पर्सा वी.म.न.पा.वडा नं.२३ सबैठवा पक्राउ मिति   :-       २०७८।१०।१० गते । मुद्दा             :-        करणी सम्बन्धी कसूर । विवरण       :-        १५ वर्षीया पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आरोपित व्यक्तिले आफ्नै घरमा लगी पटक-पटक जबरजस्ती करणी गरेको । जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ६ (छ) म्याद थप गरी यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको ।

मन्टु प्रसाद कुर्मीको हत्यामा सम्लग्न ब्यक्तिहरु पक्राउ
२०७८-१०-११

     पक्राउ विवरण:-   १) अभियुक्त         :-          गोवारी राउत अहिर      उमेर               :-            ६४ वर्ष               ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     मुद्दा                  :-            अपहरण तथा कर्तव्य ज्यान ३)अभियुक्त            :-             शत्रुधन प्रसाद यादव    उमेर                   :-            ३२ वर्ष                                                              ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-             २०७८।१०।०८ गते      पक्राउ मिति       :-            २०७८।१०।०८ गते        मुद्दा                 :-             अपहरण तथा कर्तव्य ज्यान २)अभियुक्त            :-              नग राउत अहिर     उमेर                  :-              ५५ वर्ष                                                             ठेगाना               :-              जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-              २०७८।१०।०८ गते     मुद्दा                  :-             अपहरण तथा कर्तव्य ज्यान ४)अभियुक्त            :-              मनमोहन प्र.यादव    उमेर                   :-             ३० वर्ष                                                     ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६    पक्राउ मिति         :-             २०७८।१०।०५ गते    मुद्दा                   :-             अपहरण तथा कर्तव्य ज्यान ५)अभियुक्त            :-             रोहन प्र.यादवउमेर                 :-            २५ वर्ष                                                                ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६      पक्राउ मिति       :-           २०७८।१०।०५ गते      मुद्दा                 :-           अपहरण तथा कर्तव्य ज्यान   विवरण              :-         अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७(सात)  म्याद लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको  ।

भन्सार छली ल्याएको खुद्रा सामानहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-१०-०७

पक्राउ विवरण नाम               :      लालबाबु महरा उमेर               :      ४५ वर्ष                                                                        ठेगाना            :      जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं. १ पक्राउ मिति     :      २०७८।१०।०५ गते मुद्दा               :      राजश्व छली सम्बन्धी कसूर       बरामद           :      ट्रक (ना.३ ख. ५६७१) -१  र खुद्रा सामान                             मूल्याङ्कन रू. ३०,००,०००/-(तिस लाख)   निजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक कार्वाहीको लागी मिति २०७८।१०।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।  

नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने २ जना पक्राउ
२०७८-१०-०३

१.      मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ वटा   १.      पक्राउ विवरण:१.   नाम                    :     राणा रौशन सिंह उमेर                   :     २८ वर्ष (अन्दाजी)२.  नाम                    :     हरेन्द्र कुमार सिंहउमेर                   :     ४२ वर्ष (अन्दाजी)ठेगाना                 :     जिल्ला रौतहट राजदेवी न.पा.वडा नं.०९पक्राउ मिति          :     २०७८।१०।०२ गते ।स्थान                  :     जिल्ला रौतहट गौर न.पा.वडा नं. ५ स्थित ब्रहर्वा पुल नजिकबरामद सामान    : २.      मोबिल भरिएको ३००० बट्टाहरु ३.      खुल्ला मोबिल भरि राखेको २०० लिटरको टिनको ड्रम-२ वटा बरामद सामान सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ
२०७८-१०-०३

१.      पक्राउ विवरण१)    नाम               :      संतोष साह कानु             उमेर              :      २० वर्ष             ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/०९/३०२)    नाम               :      शान्ति देवी             उमेर              :      ४० वर्ष ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/१०/०१मुद्दा               :      ज्यान सम्बन्धी कसुर ।  निजहरुलाई ज्यान सम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

रू. ५,६८,५६०/– बराबरको अवैध चोरी निकासीका समानहरू पक्राउ
२०७८-०९-२६

धनुषा, २०७८ पौष २६ गते । जिल्ला धनुषा सहिद नगर न.पा.-४ ननुपटी स्थितमा मिति २०७८/०९/२४ गते अं. २४:०० बजे भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको रू. ४,९४,२६०/– बराबरका समानहरू बरामद गरिएको साथै मिति २०७८/०९/२५ गते अं. १०:०० बजे जिल्ला धनुषा ज.उ.म.न.पा.-४ कदम चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका रू. ७४,३००/- बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरी मिति २०७८।०९।२५ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको ।पक्राउ विवरण:मो.सा. :-    ६ थान (ज.५ प. ६०६०, ज.३ प. ३६३१, ज.२ प. ४३८५ ,ज.६ प. १८०८ , प्रदेश २-०३-००२ प. ४८७२ र ज.७ प. ४५१०)बरामद सामान:- ब्लाउजको लेस ७३ थान अं.मु. रू.३६,०००/- बच्चाले  लगाउने भेष्ट ६२ प्याकेट (३७२ पिस) अं.मु. रू.३,७२०/- र सुर्तीको डिब्बा ३ प्याकेट, गोलमोल लेखिएको पानी पुरी २४ प्याकेट,  राकेश बेसन २२ प्याकेट, दो फुल लेखिएको तेल १८ लिटर, ओरियो बिस्कुट ८ प्याकेट, Mum tum बिस्कुट २६ प्याकेट, बटर बेक बिस्कुट २० प्याकेट, रजनी गंन्धा ५ प्याकेट, बिकाजी कुचकुच लेखिएको ७८ प्याकेट, रेडबुल ७ प्याकेट १६८ पिस, बदाम जुस ६० पिस, फर्चुन तेल २० लिटर, अचार २ बट्टा, चक्लेट २ बट्टा, नागाजी लेखिएको तेल ६ टिन, पास्ता कुरमुरे ४ बोरा, चिनि ७ बोरा, तिल ४० के.जी. ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-२६

पर्सा, २०७८ पौष २६ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ अलपाईन स्कुल स्थित सडक खण्डमा चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध सहित अभियुक्तलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको । पक्राउ विवरण अभियुक्त    :-    पृथ्वी सिंह कुर्मीउमेर    :-    १९ वर्ष                 ठेगाना    :-    जि.पर्सा धोबिनी गा.पा.वडा नं.२ आशवारीपक्राउ मिति    :-    २०७८।०९।२५  गते ।मुद्दा    :-    लागु औषध सम्बन्धी कसूर ।

हुण्डी कारोबार गर्ने २ जना मानिस पक्राउ
२०७८-०९-२२

पक्राउ विवरण: नाम           :   जादोलाल साह उमेर           :   वर्ष ४८ ठेगाना        :   भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण ढाका थाना विक्रमपुर वडा नं. ७ पक्राउ मिति :   २०७८।०९।२० मुद्दा           :   बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूर   (भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागि रोकी चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू. ६,५४,०००।– (छ लाख चउन्न हजार) फेला परेको हुँदा निजहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ।)

विभिन्न स्थानमा मो.सा. चोरी गर्दागर्दै ४ जना व्यक्ति पक्राउ
२०७८-०९-२२

पर्सा, २०७८ पुष २२ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी जि. बारा सिम्रौनगढ  न. पा.-४ घर भई हाल वीरगञ्ज म.न.पा.-१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नं. को 200 CC को कालो/रातो रंगको एन.एस. पल्सर मो.सा. ।पक्राउ विवरण:१.    नाम    :    आशिष यादव    उमेर    :    बर्ष २३    ठेगाना    :    वीरगञ्ज म.न.पा.-१४    पक्राउ मिति    :    २०७८/०९/२१ गते    मुद्दा    :    चोरी सम्बन्धी कसुर ।(जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-८ पानीट्याङकी स्थित सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं. १ बस्ने सोनु बाबु गुप्ताको BR22B 0387 भारतीय नम्बरको 97.2 CC को कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मो.सा. चोरी गर्दा गर्दै पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।)    मिति २०७८।०९।२० गते अं. १२:३० बजे जिल्ला पर्सा वी.म.न.पा.-१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प. ८६६९ नं.को 200 CC को कालो /रातो रंगको पल्सर मो.सा. ।पक्राउ विवरण:२.    नाम    :    सबिन चौधरी    उमेर    :    बर्ष १९    ठेगाना    :    जिल्ला बारा कोल्हबी न.पा.-९    पक्राउ मिति    :    २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धी कसुरनिजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।                          अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरुको विवरण:१.    नाम    :    अवधेश महतो    उमेर    :    वर्ष २०    ठेगाना    :    बि.म.न.पा.-१५ र २.    नाम    :    सुवास तिवारीलाई    उमेर    :    वर्ष २१     पक्राउ मिति: २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धि कसुर निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।          

नक्कली कागजातहरू तयार गरी स्थानीय मानिसहरूलाई ठगि गर्ने मानिस पक्राउ
२०७८-०९-२०

धनुषा, २०७८ पुस २० गते । जिल्ला धनुषा जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडी मिति २०७८।०९।१८ गते राती अं. १९;०० बजेको समयमा केही व्यक्तिहरुले आफु लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ भन्ने समेतको सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृत सहितको टोली खटि गई शंकास्पद रुपमा एक जना व्यक्तिलाई फेला पारी नाम, थर, वतन सोधपुछ गर्दा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ को सागर कान्त चौधरी भनी बताएकोमा स्थानिय मानिसहरुको रोहवरमा कानून वमोजिम रित पुर्‍याई निजको शरीर खानतलासी गर्दा निजले लगाएको ज्याकेटको भित्र पट्टीको गोजीमा लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना १, संतोष रायकै नामको शपथ ग्रहण पाना १, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना १, शंकर यादवकै नामको सपथ ग्रहण पाना १, नेपाल ईन्भेष्ट बैंक लि.को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक थान २, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप थान १ फेला परेकोमा बरामद सो कागजात समेतको बारेमा निज सागर कान्त चौधरीसँग सोधपुछ गर्दा लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडिरहेको छु भनी बताउँदा निज सागर कान्त चौधरीलाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०९-१८

पर्सा, २०७८ पुस १८ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१७ गते अं. ००:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना.६ ख. ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को सुरेश कुमार लामालाई नियन्त्रणमा लिई रू. ६५,००,०००।–(पैसठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।०९।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रण
२०७८-०९-१६

 पर्सा, २०७८ पुस १७ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१५ गते अं.०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा प्रदेश नं.२-०३-००१ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. २ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६०,००,०००।– (साठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०९।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-१३

पर्सा, २०७८ पुस १३ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित मिति २०७८।०९।१३ गते अं. १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकास्पदरूपमा पैदल हिंडिरहेका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्ली बस्ने वर्ष १९ को बिक्रम सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।

अबैध हतियार सहित १ जना पक्राउ
२०७८-०९-१२

बारा, २०७८/०९/१२ गते । जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ४ चैनपुर टोल बस्ने साबिर देवानको छोरा अं. वर्ष २४ को सनवर देवानले अवैध नलकटुवा बन्दुक बोकी हिँडेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०९/११ गते बिहान अं. ०५:०० बजे इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले निज सनवर देवानलाई ऐ.ऐ. स्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसर भित्र फेला पारी नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा अबैध कटुवा बन्दुक थान-१ र पाइन्टको खल्तीमा ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट फेला परेको हुँदा निजलाई पक्राउ गरी हातहतियार तथा लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।

बालक अपहरण गर्ने मानिस पक्राउ
२०७८-०९-११

धनुषा, २०७८ पुस ११ गते ।  रासलाल मुखियाको १ बर्ष २ महिनाको छोरा कृष्ण मुखिया हराएको (अपरिचित मानिसले अपहरण गरी लगेको)  भन्ने व्यहोराको खबर प्राप्त हुन साथ जि.प्र.का. धनुषाबाट प्र.ना.नि. को कमाण्डमा सदापोशाकको प्रहरी टोली खटी गई खोजतलास गर्दै जाने क्रममा निज बालक कृष्ण मुखियालाई भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टि वडा नं.१० घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १६ पुल चोक स्थित डेरा कोठा गरी  बस्ने बाबुलाल ठाकुरको छोरा बर्ष २५ को सुरेश ठाकुरले अपहरण गरी लगेको खुलेपछि निज बालकको आमा संगीता मुखिया समेतलाई साथमा लिई खोजतलास गर्दै जाने क्रममा जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं.२ स्थित नेपाल भारतको सिमाना नजिकै सुरेश ठाकुरले बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थमा मिति २०७८।०९।०८ गते अं. १६;०० बजेको समयमा फेला परेकोमा निज सुरेश ठाकुरलाई तत्कालै  नियन्त्रणमा लिई बालक कृष्ण मुखियालाई उद्वार गरी बालक कृष्ण मुखियाको आमा संगिता मुखियाको जिम्मा लगाई निज प्रतिवादी सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भईरहेको ।

भन्सार छली ल्याएको सामान सहित मानिस नियन्त्रणमा
२०७८-०९-११

 पर्सा, २०७८ पुस ११ गते । विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी मकवानपुर हेटौंडा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।०९ गते अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडकखण्डमा ना.३ ख. ७४८ नम्बरको मालवाहक मिनि ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त मिनि ट्रक तथा चालक जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका वडा नं. १० बस्ने बर्ष ३७ को प्रेम बहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिई रू. २५,००,०००।– (पचिस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि  मिति २०७८।०९।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अपहरण मुद्दाका फरार कसुरदार पक्राउ
२०७८-०९-०२

 पर्सा, २०७८ पुस ०२ गते, जिल्ला पर्सा गा.बि.स. गम्हरिया वडा नं.३ मा बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा गा.बि.स.रामनगरी वडा नं.२ हाल परिवर्तित बहुदरमाई न.पा.वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५०,०००।– ( पचास हजार ) जरीवाना तोकिएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले मिति २०७८।०९।०१ गते १२;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थितबाट पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको ।पक्राउ विवरण फरार कसुरदार :- बिनोद साह कानुउमेर:- ६५  वर्षठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.८ पक्राउ मिति:- २०७८।०९। ०१ गते ।कैद र जरिवाना-९ वर्ष रू.५०,०००।– जरिवाना  ।मुद्दा:-अपहरण ।

वालिकालाई जबरजस्ती करणी गर्ने मानिस पक्राउ
२०७८-०९-०१

            पर्सा, २०७८ पुस ०१ गते । १६ वर्षीया पीडित बालिकालाई १ महिना देखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।२३ गते कलेज पढ्न जाने क्रममा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ४ टोल डकैला स्थित आफ्नो दिदीको घरकोठामा लगी ऐ. २६ गते सम्म पटक-पटक करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।२८ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाटोल बस्ने अ. बर्ष १९ को नितेश कुमार महतोलाई वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा स्थितबाट सोही दिन नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।निम्न:-पक्राउ विवरण अभियुक्त:- नितेश कुमार महतोउमेर:- १९ वर्ष         ठेगाना:- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६पक्राउ मिति:- २०७८।०८।२८  गते ।मुद्दा:-करणी सम्बन्धी कसूर

बालिकालाई जबरजस्ती करणी गर्ने मानिस पक्राउ
२०७८-०८-२७

पर्सा, २०७८/०८/२७ गते । १६ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।२४ गते विपक्षीले फोन गरी बोलाई वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर स्थित आफ्नै कोठामा लगी सोही दिन राति अं. २२:०० बजे पटक-पटक करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।२६ गतेको जाहेरी दर्खास्तको आधारमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल गाडीगाड बस्ने बर्ष २९ को सतवन्त सिंहलाई जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.११ श्रीपुर स्थितबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ५ (पाँच) म्याद थप गरी अनुसन्धान भइरहेको । पक्राउ विवरण अभियुक्त:- सतवन्त सिंह उमेर:- २९ वर्ष                                                                                         ठेगाना:- भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल पक्राउ मिति:- २०७८।०८।२६  गते । मुद्दा:-करणी सम्बन्धी कसूर

अठार लाख रकम सहित हुण्डी कारोवार गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०८-२७

पर्सा, २०७८।०८।२७ गते । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा मिति २०७८/०८/२६ गते १५:०० बजे घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने वर्ष २८ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू. १८,००,०००।– (अठार लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१० बस्ने वर्ष ४४ को ओमप्रकाश गुप्ता समेत दुई जनालाई उल्लेखित मो.सा. सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको । निम्न पक्राउ विवरण १.क) अभियुक्त:- चन्दन कुमार साह उमेरः- २८ बर्ष ठेगाना:- जि. पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१० पक्राउ मिति:- २०७८।०८।२६ गते । मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर १.ख) अभियुक्त:-ओमप्रकाश गुप्ता उमेरः- ४४ बर्ष ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१०                                                          पक्राउ मिति:- २०७८।०८।२६ गते । मुद्दा:- बैंक तथा वित्तीय ऐन सम्बन्धी कसूर

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०८-२७

         पर्सा, २०७८।०८।२७ गते ।  विशेष सूचनाको आधारमा जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले मिति २०७८/०८/२६ गते अं. ०९:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित परवानीपुरबाट हेटौंडातर्फ जान गाडी कुरी बसिरहेका भारत, विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडी टोल बस्ने वर्ष ८० को विजय कुमार कपुरको झोला चेकजाँच गर्दा खैरो रंगको ब्लाङ्केटको झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाईड्रोक्लोराइड ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।निम्न: पक्राउ विवरण अभियुक्त:- विजय कुमार कपुर उमेर:- ८० वर्ष                                                                                                ठेगाना:- भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल पक्राउ मिति:- २०७८।०८।२६  गते । मुद्दा:- लागु औषध सम्बन्धी कसूर ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा लत्ताकपडाहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०८-२४

 पर्सा, २०७८ मंसिर २४ गते ।  विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी पोखरातर्फ लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०८।२२ गते अं. २३:४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडक खण्डमा ना.३ ख. २२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.९ बस्ने वर्ष २५ को सागर रायलाई नियन्त्रणमा लिई रू. ५०,००,०००।–(पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०८।२३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाहरूको उद्दार
२०७८-०८-२४

पर्सा, २०७८ मंसिर २४ गते । झापा जिल्लाबाट अं.२ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नावालक छोराछोरी सहित हराएका १८ र १९ बर्षीय २ जना युवतीहरूको खोजतलास गर्दै जाने क्रममा निजहरू भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आए बमोजिम मिति २०७८।०८।२३ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी निज चारैजनालाई उक्त स्थानबाट उद्दार गरी ल्याइएको ।      साथै उक्त मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको ।

खुन डाँका र कर्तव्य ज्यान (दुई वटा) मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२२

सप्तरी, २०७८ मंसिर २२ गते । जिल्ला सप्तरी टिकुलिया गा.बि.स. वडा नं. ७ घर भई जिल्ला सप्तरी कुसहा गा.बि.स. वडा नं. ६ बस्ने ऐनुल मियाँको छोरा बर्ष ३५ को मोहमद सकिल हुसेनले जाहेरवाली जिल्ला सप्तरी टिकुलिया गा.बि.स. वडा नं. ९ घर भई जिल्ला सप्तरी पटेर्वा गा.बि.स. वडा नं. १ बस्ने कैली खातुनको छोरा मोहमद आलम मियाँ कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका लाई छुटाई दिन्छु, चार लाख रुपैयाँ खर्च गर्नु पर्छ मलाई काठमाण्डौमा चिनजान छ भनि कुराकानी हुँदा रु. ३,००,०००/- (तीन लाख) मा कुराकानी मिली उक्त रुपैयाँ मोहमद सकिल मियाले जाहेरवाली कैली खातुनबाट लिई मिति २०६९/०६/१० गते सोही मुद्दामा सम्बन्धमा सल्लाह गर्न काठमाण्डौं जानु पर्छ भनि जाहेरवालीको श्रीमान सहबुद मियाँ, बुहारी सगिरा खातुनलाई बोलाई निज मोहमद सकिल हुसेन मियाँले लगेकोमा सोही मिति देखि सहबुद मियाँ, सगिरा खातुन हराई वेपत्ता बनाई जिल्ला सप्तरी कल्याणपुर गा.बि.स. वडा नं. ८ स्थित निज मो. सकिल हुसेन मियाँको कुखुरा फारममा  कर्तव्य गरी मारी खाल्डोमा पुरी दिई मिति २०७२।०२।०६ गते उत्खनन गर्दा सहबुद मियाँ, सगिरा खातुनको मानव कंकाल फेला परेको कर्तब्य ज्यान मुद्दामा संलग्न रहेका फरार प्रतिवादी जिल्ला सप्तरी साबिक पटेर्वा गा.बि.स. वडा नं.५ हाल सुरुङगा न.पा. वडा नं. १० थलाहा बस्ने बुदुर मियाँको छोरा बर्ष ६० को गुल्जार मियाँलाई मिति २०७८।०८।२१ गते जि. सिरहा सखुवनन्कारकट्टी गा.पा. वडा नं. १ महेशवारी टोल स्थितमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको ।     साथै भुली देवी मुखियाको छोरी दुलारी देवी साह र ज्वाईं धिरेन्द्र साह कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागी कारागारमा रहेकोमा केही समय पछी छोरी दुलारी देवी साह तारीखमा छुटेकोमा श्रीमानको मुद्दा मिलाउने र कारगारबाट छुटाउने क्रममा मो. सकिल हुसेनसंग भेटघाट हुँदा तिम्रो श्रीमानलाई छुटाई दिन्छु भनि निजको जग्गा बिक्री गरी गराई रु. ६ लाख रुपैयाँ तयार पारी निज मो. सकिल हुसेन मियाँले मिति २०७० मंसिर महिनाको पहिलो हप्ता तिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देवी साहलाई साथमा लिई गएकोमा सोही समय देखि निज दुलारी साह हराई वेपता भएकोमा मिति २०७२।०१।२७ गते जिल्ला सप्तरी साबिक जण्डौल गा.बि.स. वडा नं. ८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा निज दुलारी देवी साहको मानव कंकाल फेला परेको खुनडाँका मुद्दामा संलग्न रहेका फरार प्रतिवादी जिल्ला सप्तरी साबिक पटेर्वा गा.बि.स. वडा नं.५ हाल सुरुङगा नगरपालिका वडा नं.१० थलाहा बस्ने बुदुर मियाँको छोरा बर्ष ६० को गुल्जार मियाँलाई मिति २०७८।०८।२१ गते  जि. सिरहा सखुवनन्कारकट्टी गा.पा. वडा नं. १ महेशवारी टोल स्थिमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको ।

चोरीको मोटरसाईकल सहित एक जना मानिस पक्राउ
२०७८-०८-२१

पर्सा, २०७८ मंसिर २१ गते । जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिज वीरगञ्ज पर्साको नाममा दर्ता रही कामदार जिल्ला बारा फेटा गाउँपालिका वडा नं. १ गुड्डु कुमार गिरीलाई कामको सिलसिलामा आवत जावत गर्नको लागी दिएको चेसिस नं.MBLHA10EZA9J06748 ईन्जिन नं.HA10EFA9J03770  भएको ना.१६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाईकल मिति २०७८।०८।१४ गते १५;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएकोमा अनुसन्धान तथा खोजतलासको क्रममा मिति २०७८।०८।२० गते १६;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा चोकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उल्लेखित मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी बरामद गरी चोरीमा संलग्न मध्येका जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १८ बस्ने वर्ष १८ को सोनालाल यादवलाई मो.सा. सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको  ।

खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना मानिसहरू नियन्त्रणमा
२०७८-०८-२०

पर्सा, २०७८ मंसिर २० गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मोटरसाईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने मिति २०७८।०८।१९ गते अं.१६:०० बजे प्राप्त सूचना अनुसार उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो NS पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको हुँदा उक्त मो.सा. धनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १० घडिअर्वा बस्ने वर्ष २६ को रामबाबु ठाकुर, ना.५६ प ५४१७ नम्बरको मो.सा. र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको  ।               साथै उक्त घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २१ को सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  । 

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिबादी पक्राउ
२०७८-०८-१६

सप्तरी, २०७८ मंसिर १६ गते । कमरुल मियाँको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सप्तरी साबिक कल्याणपुर गा.बि.स.वडा न.०४ बस्ने जैनुल मियाँको छोरा बर्ष ३५ को मो.मिष्टर अंसारी ज्यान मार्ने उधोग मुद्धामा सम्मानित सप्तरी जिल्ला अदालतको  मिति २०७५।०३।१० गतेको फैसला अनुसार ५ बर्ष कैद तोकीएका फरार रहेका प्रतिबादी जिल्ला सप्तरी साबिक कल्याणपुर गा.बि.स.वडा न.०४ बस्ने जैनुल मियाँको छोरा बर्ष ३५ को मो.मिष्टर अंसारीलाई  ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।१५ गतेका दिन गाउँ घरमा नै फेला पारी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराउदा निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी चलान गरेको ।  

४ वर्षे बालकलाई कर्तव्य गरी मार्ने मानिसहरू कारागार चलान
२०७८-०८-१५

धनुषा, २०७८ मंसिर १३ गते । जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ डिल टोल बस्ने मजिबुल मिया कवारीको छोरी मुस्कान खातुनको मिति २०७८।०७।०९ गते विवाह रहेकोमा सोही विवाहमा भारतको जिल्ला मधुवनी देउधा ग्राम पंचायत वडा नं. १४ वस्ने मोहम्मद अतावुल राईनको श्रीमती जुमैदा खातुन र निजको छोरा बर्ष अन्दाजी ४ को मोहम्मद अरमान राईन समेत आएकोमा बिवाहको भिडभाड रहेको अवस्थामा निज मो. अरमान राईन आफ्नो आमालाई पछ्याउँदै जिल्ला धनुषा गाणेशमान चारनाथ न.पा.वडा नं.११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्ली केरा घारी छेउमा एक्लै रुदै वसेको अवस्थामा ऐ. अं.१४:०० वजेको समयमा निज प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई थाहा जानकारी नदिई अपहरण गरी आफ्नो घरको कोठामा लगी प्रतिवादी नुरेजा खातुन र जाकिर मलङ्गले मो. अरमान राईनको नाक मुख समेत आफ्नो हातले थुनी घाटी समेत थिची निजले लगाएको सर्ट (कपडा ) खोली सो सर्ट घाँटीमा कसी कर्तव्य गरी मारी सोही रातीको बिहान अं.०२:३० वजेको समयमा मो.अरमान राईनको मृत लाश प्रतिवादी जाकिर मलङ्गले बोकी जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.वडा नं.२ स्थित रहेको लाल बिहारी महतोको पानी पोखरीमा फालेको अवस्थामा स्थानिय मानिसहरुले खोजतलासको क्रममा मिति २०७८।०७।१० गते १६:०० वजेको समयमा फेला पारेको हुँदा निज प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनललाई खोज तलाश गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मिति २०७८।०७।१६ गते पक्राउ गरी सम्मानित धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेकोमा अनुसन्धना पश्चात निज प्रतिवादी जाकिर मलङ्ग र नुरेजा खातुन समेतलाई धनुषा जिल्ला अदालत धनुषामा पेश गरेकोमा मिति २०७८।०८।१३ गते धनुषा जिल्ला अदालतको आदेशानुसार निज दुवै जनालाई  पुर्पक्षको लागी कारागार कार्यालय सिन्धुली पठाईएको ।

जबरजस्ती करणी २ मानिस पक्राउ
२०७८-०८-१४

पर्सा, २०७८ मंसिर १८ गते । १७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।१० गते अन्दाजी १७.०० बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं. २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति अं. २२;०० बजे करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।१२ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा बी.म.न.पा.७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई ऐ.१२ गते १५;०० बजे निजकै घरठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको ।            यसै गरि १४ वर्षीया बालिकाका अभिभावक उपचारको क्रममा बीरगञ्ज आएको र घरमा पीडितका स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानूले मिति २०७८।०८।११ गते साँझ १९;३० बजे पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा निज प्रभु साहलाई मिति २०७८।०८।१२ गते नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा दिन ७ ( सात) म्याद थप गरी अनुसन्धान भइरहेको समेत जानकारी गराइन्छ ।