प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१०-११

         पक्राउ विवरण अभियुक्त      :-      भनु यादव भन्ने मुन्ना प्र.यादव उमेर            :-      २० वर्ष                                                                        ठेगाना          :-       जि.पर्सा वी.म.न.पा.वडा नं.२३ सबैठवा पक्राउ मिति   :-       २०७८।१०।१० गते । मुद्दा             :-        करणी सम्बन्धी कसूर । विवरण       :-        १५ वर्षीया पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आरोपित व्यक्तिले आफ्नै घरमा लगी पटक-पटक जबरजस्ती करणी गरेको । जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ६ (छ) म्याद थप गरी यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको ।

मन्टु प्रसाद कुर्मीको हत्यामा सम्लग्न ब्यक्तिहरु पक्राउ
२०७८-१०-११

     पक्राउ विवरण:-   १) अभियुक्त         :-          गोवारी राउत अहिर      उमेर               :-            ६४ वर्ष               ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     मुद्दा                  :-            अपहरण तथा कर्तव्य ज्यान ३)अभियुक्त            :-             शत्रुधन प्रसाद यादव    उमेर                   :-            ३२ वर्ष                                                              ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-             २०७८।१०।०८ गते      पक्राउ मिति       :-            २०७८।१०।०८ गते        मुद्दा                 :-             अपहरण तथा कर्तव्य ज्यान २)अभियुक्त            :-              नग राउत अहिर     उमेर                  :-              ५५ वर्ष                                                             ठेगाना               :-              जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६     पक्राउ मिति        :-              २०७८।१०।०८ गते     मुद्दा                  :-             अपहरण तथा कर्तव्य ज्यान ४)अभियुक्त            :-              मनमोहन प्र.यादव    उमेर                   :-             ३० वर्ष                                                     ठेगाना                :-             जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६    पक्राउ मिति         :-             २०७८।१०।०५ गते    मुद्दा                   :-             अपहरण तथा कर्तव्य ज्यान ५)अभियुक्त            :-             रोहन प्र.यादवउमेर                 :-            २५ वर्ष                                                                ठेगाना              :-            जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.६      पक्राउ मिति       :-           २०७८।१०।०५ गते      मुद्दा                 :-           अपहरण तथा कर्तव्य ज्यान   विवरण              :-         अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७(सात)  म्याद लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको  ।

भन्सार छली ल्याएको खुद्रा सामानहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-१०-०७

पक्राउ विवरण नाम               :      लालबाबु महरा उमेर               :      ४५ वर्ष                                                                        ठेगाना            :      जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं. १ पक्राउ मिति     :      २०७८।१०।०५ गते मुद्दा               :      राजश्व छली सम्बन्धी कसूर       बरामद           :      ट्रक (ना.३ ख. ५६७१) -१  र खुद्रा सामान                             मूल्याङ्कन रू. ३०,००,०००/-(तिस लाख)   निजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक कार्वाहीको लागी मिति २०७८।१०।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।  

नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने २ जना पक्राउ
२०७८-१०-०३

१.      मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ वटा   १.      पक्राउ विवरण:१.   नाम                    :     राणा रौशन सिंह उमेर                   :     २८ वर्ष (अन्दाजी)२.  नाम                    :     हरेन्द्र कुमार सिंहउमेर                   :     ४२ वर्ष (अन्दाजी)ठेगाना                 :     जिल्ला रौतहट राजदेवी न.पा.वडा नं.०९पक्राउ मिति          :     २०७८।१०।०२ गते ।स्थान                  :     जिल्ला रौतहट गौर न.पा.वडा नं. ५ स्थित ब्रहर्वा पुल नजिकबरामद सामान    : २.      मोबिल भरिएको ३००० बट्टाहरु ३.      खुल्ला मोबिल भरि राखेको २०० लिटरको टिनको ड्रम-२ वटा बरामद सामान सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ
२०७८-१०-०३

१.      पक्राउ विवरण१)    नाम               :      संतोष साह कानु             उमेर              :      २० वर्ष             ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/०९/३०२)    नाम               :      शान्ति देवी             उमेर              :      ४० वर्ष ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/१०/०१मुद्दा               :      ज्यान सम्बन्धी कसुर ।  निजहरुलाई ज्यान सम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

रू. ५,६८,५६०/– बराबरको अवैध चोरी निकासीका समानहरू पक्राउ
२०७८-०९-२६

धनुषा, २०७८ पौष २६ गते । जिल्ला धनुषा सहिद नगर न.पा.-४ ननुपटी स्थितमा मिति २०७८/०९/२४ गते अं. २४:०० बजे भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको रू. ४,९४,२६०/– बराबरका समानहरू बरामद गरिएको साथै मिति २०७८/०९/२५ गते अं. १०:०० बजे जिल्ला धनुषा ज.उ.म.न.पा.-४ कदम चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका रू. ७४,३००/- बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरी मिति २०७८।०९।२५ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको ।पक्राउ विवरण:मो.सा. :-    ६ थान (ज.५ प. ६०६०, ज.३ प. ३६३१, ज.२ प. ४३८५ ,ज.६ प. १८०८ , प्रदेश २-०३-००२ प. ४८७२ र ज.७ प. ४५१०)बरामद सामान:- ब्लाउजको लेस ७३ थान अं.मु. रू.३६,०००/- बच्चाले  लगाउने भेष्ट ६२ प्याकेट (३७२ पिस) अं.मु. रू.३,७२०/- र सुर्तीको डिब्बा ३ प्याकेट, गोलमोल लेखिएको पानी पुरी २४ प्याकेट,  राकेश बेसन २२ प्याकेट, दो फुल लेखिएको तेल १८ लिटर, ओरियो बिस्कुट ८ प्याकेट, Mum tum बिस्कुट २६ प्याकेट, बटर बेक बिस्कुट २० प्याकेट, रजनी गंन्धा ५ प्याकेट, बिकाजी कुचकुच लेखिएको ७८ प्याकेट, रेडबुल ७ प्याकेट १६८ पिस, बदाम जुस ६० पिस, फर्चुन तेल २० लिटर, अचार २ बट्टा, चक्लेट २ बट्टा, नागाजी लेखिएको तेल ६ टिन, पास्ता कुरमुरे ४ बोरा, चिनि ७ बोरा, तिल ४० के.जी. ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-२६

पर्सा, २०७८ पौष २६ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ अलपाईन स्कुल स्थित सडक खण्डमा चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध सहित अभियुक्तलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको । पक्राउ विवरण अभियुक्त    :-    पृथ्वी सिंह कुर्मीउमेर    :-    १९ वर्ष                 ठेगाना    :-    जि.पर्सा धोबिनी गा.पा.वडा नं.२ आशवारीपक्राउ मिति    :-    २०७८।०९।२५  गते ।मुद्दा    :-    लागु औषध सम्बन्धी कसूर ।

हुण्डी कारोबार गर्ने २ जना मानिस पक्राउ
२०७८-०९-२२

पक्राउ विवरण: नाम           :   जादोलाल साह उमेर           :   वर्ष ४८ ठेगाना        :   भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण ढाका थाना विक्रमपुर वडा नं. ७ पक्राउ मिति :   २०७८।०९।२० मुद्दा           :   बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूर   (भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागि रोकी चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू. ६,५४,०००।– (छ लाख चउन्न हजार) फेला परेको हुँदा निजहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ।)

विभिन्न स्थानमा मो.सा. चोरी गर्दागर्दै ४ जना व्यक्ति पक्राउ
२०७८-०९-२२

पर्सा, २०७८ पुष २२ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी जि. बारा सिम्रौनगढ  न. पा.-४ घर भई हाल वीरगञ्ज म.न.पा.-१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नं. को 200 CC को कालो/रातो रंगको एन.एस. पल्सर मो.सा. ।पक्राउ विवरण:१.    नाम    :    आशिष यादव    उमेर    :    बर्ष २३    ठेगाना    :    वीरगञ्ज म.न.पा.-१४    पक्राउ मिति    :    २०७८/०९/२१ गते    मुद्दा    :    चोरी सम्बन्धी कसुर ।(जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-८ पानीट्याङकी स्थित सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं. १ बस्ने सोनु बाबु गुप्ताको BR22B 0387 भारतीय नम्बरको 97.2 CC को कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मो.सा. चोरी गर्दा गर्दै पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।)    मिति २०७८।०९।२० गते अं. १२:३० बजे जिल्ला पर्सा वी.म.न.पा.-१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प. ८६६९ नं.को 200 CC को कालो /रातो रंगको पल्सर मो.सा. ।पक्राउ विवरण:२.    नाम    :    सबिन चौधरी    उमेर    :    बर्ष १९    ठेगाना    :    जिल्ला बारा कोल्हबी न.पा.-९    पक्राउ मिति    :    २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धी कसुरनिजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।                          अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरुको विवरण:१.    नाम    :    अवधेश महतो    उमेर    :    वर्ष २०    ठेगाना    :    बि.म.न.पा.-१५ र २.    नाम    :    सुवास तिवारीलाई    उमेर    :    वर्ष २१     पक्राउ मिति: २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धि कसुर निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।          

नक्कली कागजातहरू तयार गरी स्थानीय मानिसहरूलाई ठगि गर्ने मानिस पक्राउ
२०७८-०९-२०

धनुषा, २०७८ पुस २० गते । जिल्ला धनुषा जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडी मिति २०७८।०९।१८ गते राती अं. १९;०० बजेको समयमा केही व्यक्तिहरुले आफु लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ भन्ने समेतको सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृत सहितको टोली खटि गई शंकास्पद रुपमा एक जना व्यक्तिलाई फेला पारी नाम, थर, वतन सोधपुछ गर्दा जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ को सागर कान्त चौधरी भनी बताएकोमा स्थानिय मानिसहरुको रोहवरमा कानून वमोजिम रित पुर्‍याई निजको शरीर खानतलासी गर्दा निजले लगाएको ज्याकेटको भित्र पट्टीको गोजीमा लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना १, संतोष रायकै नामको शपथ ग्रहण पाना १, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना १, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना १, शंकर यादवकै नामको सपथ ग्रहण पाना १, नेपाल ईन्भेष्ट बैंक लि.को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक थान २, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप थान १ फेला परेकोमा बरामद सो कागजात समेतको बारेमा निज सागर कान्त चौधरीसँग सोधपुछ गर्दा लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडिरहेको छु भनी बताउँदा निज सागर कान्त चौधरीलाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०९-१८

पर्सा, २०७८ पुस १८ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१७ गते अं. ००:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना.६ ख. ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को सुरेश कुमार लामालाई नियन्त्रणमा लिई रू. ६५,००,०००।–(पैसठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।०९।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रण
२०७८-०९-१६

 पर्सा, २०७८ पुस १७ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१५ गते अं.०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा प्रदेश नं.२-०३-००१ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. २ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६०,००,०००।– (साठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०९।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

लागु औषध सहित एक जना मानिस पक्राउ
२०७८-०९-१३

पर्सा, २०७८ पुस १३ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित मिति २०७८।०९।१३ गते अं. १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकास्पदरूपमा पैदल हिंडिरहेका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्ली बस्ने वर्ष १९ को बिक्रम सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।