प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध
अपहरण मुद्दाका फरार कसुरदार पक्राउ
२०७८-०९-०२

 पर्सा, २०७८ पुस ०२ गते, जिल्ला पर्सा गा.बि.स. गम्हरिया वडा नं.३ मा बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा गा.बि.स.रामनगरी वडा नं.२ हाल परिवर्तित बहुदरमाई न.पा.वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५०,०००।– ( पचास हजार ) जरीवाना तोकिएकोमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले मिति २०७८।०९।०१ गते १२;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थितबाट पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको ।पक्राउ विवरण फरार कसुरदार :- बिनोद साह कानुउमेर:- ६५  वर्षठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.८ पक्राउ मिति:- २०७८।०९। ०१ गते ।कैद र जरिवाना-९ वर्ष रू.५०,०००।– जरिवाना  ।मुद्दा:-अपहरण ।

अबैध हतियार र गोली सहित १ जना मानिस पक्राउ
२०७८-०७-२८

बारा, २०७८ कात्तिक २८ गते । जिल्ला बारा बारागढी गा.पा. ३ खोपवा बजार स्थित झै-झगडा भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०७/२५ गते राती अं. २०:२० बजे ईलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा झगडा गर्ने मानिसहरू तितर बितर भएको र सोही स्थानमा प्रदेश नं.-३-०२-०१०प ७१२३ नं. को मोटरसाइकलमा शंकास्पद अवस्थामा बसिरहेका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ५ बगडमपुर टोल बस्ने रामएकवाल प्रसाद जयसवालको छोरा वर्ष ३५ को मनोज प्रसाद जयसवालको शरीर चेकजाँच गर्दा निजले कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १ राउण्ड गोली लोड रहेको अवैध नलकटुवा बन्दुक थान-१ फेला परेको हुँदा बरामद गरी निज मनोज प्रसाद जयसवाललाई पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।