प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अवैध व्यापार
भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रणमा
२०७८-०९-१८

पर्सा, २०७८ पुस १८ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१७ गते अं. ००:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना.६ ख. ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को सुरेश कुमार लामालाई नियन्त्रणमा लिई रू. ६५,००,०००।–(पैसठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।०९।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

खुद्रा सामान तथा औषधीहरू लोड रहेको ट्रक सहित मानिस नियन्त्रण
२०७८-०९-१६

 पर्सा, २०७८ पुस १७ गते । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।१५ गते अं.०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा प्रदेश नं.२-०३-००१ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. २ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६०,००,०००।– (साठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०९।१५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।