प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : बलात्कार
जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१०-११

         पक्राउ विवरण अभियुक्त      :-      भनु यादव भन्ने मुन्ना प्र.यादव उमेर            :-      २० वर्ष                                                                        ठेगाना          :-       जि.पर्सा वी.म.न.पा.वडा नं.२३ सबैठवा पक्राउ मिति   :-       २०७८।१०।१० गते । मुद्दा             :-        करणी सम्बन्धी कसूर । विवरण       :-        १५ वर्षीया पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आरोपित व्यक्तिले आफ्नै घरमा लगी पटक-पटक जबरजस्ती करणी गरेको । जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ६ (छ) म्याद थप गरी यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भइरहेको ।

बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ
२०७८-१०-०३

१.      पक्राउ विवरण१)    नाम               :      संतोष साह कानु             उमेर              :      २० वर्ष             ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/०९/३०२)    नाम               :      शान्ति देवी             उमेर              :      ४० वर्ष ठेगाना            :      जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली ।पक्राउ मिति     :      २०७८/१०/०१मुद्दा               :      ज्यान सम्बन्धी कसुर ।  निजहरुलाई ज्यान सम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

वालिकालाई जबरजस्ती करणी गर्ने मानिस पक्राउ
२०७८-०९-०१

            पर्सा, २०७८ पुस ०१ गते । १६ वर्षीया पीडित बालिकालाई १ महिना देखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।२३ गते कलेज पढ्न जाने क्रममा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ४ टोल डकैला स्थित आफ्नो दिदीको घरकोठामा लगी ऐ. २६ गते सम्म पटक-पटक करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।२८ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाटोल बस्ने अ. बर्ष १९ को नितेश कुमार महतोलाई वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा स्थितबाट सोही दिन नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।निम्न:-पक्राउ विवरण अभियुक्त:- नितेश कुमार महतोउमेर:- १९ वर्ष         ठेगाना:- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६पक्राउ मिति:- २०७८।०८।२८  गते ।मुद्दा:-करणी सम्बन्धी कसूर

जबरजस्ती करणी २ मानिस पक्राउ
२०७८-०८-१४

पर्सा, २०७८ मंसिर १८ गते । १७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई मिति २०७८।०८।१० गते अन्दाजी १७.०० बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं. २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति अं. २२;०० बजे करणी गरेको अभियोगमा निजको अभिभावकको मिति २०७८।०८।१२ गतेको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा बी.म.न.पा.७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई ऐ.१२ गते १५;०० बजे निजकै घरठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन  ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको ।            यसै गरि १४ वर्षीया बालिकाका अभिभावक उपचारको क्रममा बीरगञ्ज आएको र घरमा पीडितका स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानूले मिति २०७८।०८।११ गते साँझ १९;३० बजे पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा निज प्रभु साहलाई मिति २०७८।०८।१२ गते नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा दिन ७ ( सात) म्याद थप गरी अनुसन्धान भइरहेको समेत जानकारी गराइन्छ ।

२ महिलालाई जबरजस्ती करणी उद्योग गर्ने व्यक्ति नियन्त्रणमा
२०७८-०७-२८

पर्सा, २०७८ कात्तिक २८ गते ।  पीडितहरू क्रमशः ३८ वर्षीया महिला तथा निजकी २० वर्षकी जेठी छोरी आफ्नै घरमा बसिरहेको अवस्थामा मिति २०७८।०७।२५ गते १३:३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीन निज पीडितहरूको घरमा अन्य ६|७ जना मानिसहरू साथ लिई गई अन्य व्यक्तिलाई घरबाहिर राखी आफू घरभित्र प्रवेश गरी एक्कासी छोरीलाई आक्रमण गरी निजको सल च्याती फालिदिई आपराधिक बल प्रयोग गरी खाटमा लडाई निजको भित्री वस्त्रसमेत लुगा खोली जबरजस्ती करणी गर्ने उद्योग गरेकोमा पीडित आमाले प्रतिकार गर्न खोज्दा उल्टै आमाको समेत ब्लाउज च्याती निजलाई समेत लडाई ज.क. गर्ने खोजेको; यसक्रममा परिवारको अन्य १ जना सदस्यसमेत आई तीन जना मिली निजको प्रतिकार गर्दा करणी गर्न नपाएको घटनाको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मिति २०७८।०७।२६ गते १८:०० बजे जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. १ स्थितबाट निज शेख सलाउद्दीनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको । साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको ।