प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : डकैती
विभिन्न स्थानमा मो.सा. चोरी गर्दागर्दै ४ जना व्यक्ति पक्राउ
२०७८-०९-२२

पर्सा, २०७८ पुष २२ गते । जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी जि. बारा सिम्रौनगढ  न. पा.-४ घर भई हाल वीरगञ्ज म.न.पा.-१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नं. को 200 CC को कालो/रातो रंगको एन.एस. पल्सर मो.सा. ।पक्राउ विवरण:१.    नाम    :    आशिष यादव    उमेर    :    बर्ष २३    ठेगाना    :    वीरगञ्ज म.न.पा.-१४    पक्राउ मिति    :    २०७८/०९/२१ गते    मुद्दा    :    चोरी सम्बन्धी कसुर ।(जिल्ला पर्सा वीरगञ्ज म.न.पा.-८ पानीट्याङकी स्थित सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं. १ बस्ने सोनु बाबु गुप्ताको BR22B 0387 भारतीय नम्बरको 97.2 CC को कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मो.सा. चोरी गर्दा गर्दै पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको ।)    मिति २०७८।०९।२० गते अं. १२:३० बजे जिल्ला पर्सा वी.म.न.पा.-१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प. ८६६९ नं.को 200 CC को कालो /रातो रंगको पल्सर मो.सा. ।पक्राउ विवरण:२.    नाम    :    सबिन चौधरी    उमेर    :    बर्ष १९    ठेगाना    :    जिल्ला बारा कोल्हबी न.पा.-९    पक्राउ मिति    :    २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धी कसुरनिजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।                          अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरुको विवरण:१.    नाम    :    अवधेश महतो    उमेर    :    वर्ष २०    ठेगाना    :    बि.म.न.पा.-१५ र २.    नाम    :    सुवास तिवारीलाई    उमेर    :    वर्ष २१     पक्राउ मिति: २०७८/०९/२० गते    मुद्दा    :    चोरी सम्बन्धि कसुर निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।          

भन्सार छली ल्याएको सामान सहित मानिस नियन्त्रणमा
२०७८-०९-११

 पर्सा, २०७८ पुस ११ गते । विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी मकवानपुर हेटौंडा लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।०९।०९ गते अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडकखण्डमा ना.३ ख. ७४८ नम्बरको मालवाहक मिनि ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त मिनि ट्रक तथा चालक जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका वडा नं. १० बस्ने बर्ष ३७ को प्रेम बहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिई रू. २५,००,०००।– (पचिस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि  मिति २०७८।०९।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

मोबाईल पसलको सटर फुटाई चोरी गर्ने व्यक्ति पक्राउ
२०७८-०७-२८

पर्सा, २०७८ कात्तिक २८ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १३ वर्ष ४८ को साहेव प्रसाद साहको जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर स्थित रेयान्स रौनक ट्रेडर्स नामको मोबाईल पसलमा मिति २०७७।१२।०१ गते बिहान ०२:५८ बजे सटर फुटाई अं. मू. रू. १०,६०,४०४।– (दश लाख साठ्ठी हजार चार सय चार) रूपैया बराबरको मोबाइलहरू चोरी भएको घट्नाको अनुसन्धानको क्रममा उक्त चोरीमा सलंग्न भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं.२३ बस्ने वर्ष २० का निरज कुमार यादवलाई मिति २०७८।०७।२५ गते अं. १२;०० बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १६ शंकराचार्य गेटबाट चोरी भएको मोबाइलहरू Oppo A15S थान-१, Samsung A20s थान-१, Poco x3 थान-१ र Redmi note 9 pro थान-१ सहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ।

मोटरसाइकल चोरी गर्दागर्दै २ व्यक्तिहरू पक्राउ
२०७८-०७-२६

पर्सा,२०७८ कत्तिक २६ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना. २९ प. ६७९० नम्बरको 180 CC को कालो र रातो रंगको पल्सर मोटरसाइकल मिति २०७८।०७।२३ गते अं.२०:३० बजे समयमा जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १५ भिष्वा बस्ने वर्ष २२ को सुरज सहनी  र ऐ. बस्ने वर्ष १९ को सुजित सहनीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उक्त मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।